यूवा संघ बागलुङद्वारा महिला भलिबल खेलाडीलाई खेल सामाग्री हस्तान्तरण

पोखरा स्पोर्टस । राष्ट्रिय युवा संघ नेपाल बागलुङले महिला भलिबल खेलाडीहरूलाई खेल सामाग्री प्रदान गरेको छ । खेल सामाग्री राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य एवं खेलकुद विभाग प्रमुख सम्पन्न श्रेष्ठले उपलव्ध गराएका हुन् । खेल सामाग्री १५ हजार बराबरको रहेको विभागिय प्रमुख श्रेष्ठले जानकारी दिए।

खेलकुद सामाग्री हस्तान्तरण गर्दै नेकपा एमाले बागलुङ नगर कमिटी अध्यक्ष धन बहादुर परियारले खेलाडीहरूको स्वास्थ्यमा सहयोग हुनुका साथै खेलाडी हरूको खेलस्तर वृद्धि गर्न राष्ट्रिय स्तरमा खेल क्षेत्रलाई सहयोग पुर्‍याउन खेल सामाग्री महत्वपूर्ण हुने बताए ।

समारोहमा कमिटीका मुवाँथाई संघका अध्यक्ष रबिन्द्र खड्काले खेलाडी हरूलाई प्रदान गरिने खेल सामाग्रीहरुले उनीहरुको मनोबल उच्च हुने बताए ।

राष्ट्रिय युवा संघ नेपाल बागलुङका जिल्ला अध्यक्ष बुद्ध बोहोराले खेलकुदमा महिला सहभागीता को लागि थप सहयोग पुर्‍याउन खेलकुद सामाग्री हस्तान्तरण गरेको जानकारी दिए।

साथै खेल क्षेत्रमा उल्लेखनीय सुधारको लागि जिल्ला खेलकुद विकास समिति बागलुङ, बागलुङ नगरपालिका साथै सरोकारवाला निकायले पनि खेलकुद क्षेत्रमा प्रभावकारी रूपमा ध्यान पुर्‍याउनु पर्ने उनले बताए । राष्ट्रिय युवा संघ नेपालले युवाहरूलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्न यस्तै अन्य कार्यक्रम हरू ल्याउने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close