अन्तर्राष्ट्रिय बक्सिङ पदक विजेता टोली स्वदेश फर्कियो

पोखरा स्पोर्टस । मलेसियामा सम्पन्न ३४ औ अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा पदक विजेता खेलाडीहरु स्वदेश फर्किएका छन् ।

यहि डिसेम्बर ११ देखि १५ तारिखसम्म मलेसियामा सम्पन्न प्रतियोगितामा दुई काश्य दुई रजत गरी चार पदक जितेर नेपाली बक्सिङ्ग टोली स्वदेश फर्किएको हो ।

प्रतियोगितामा ५१ किलो तौल प्रबल उप्रेती र ५७ किलो तौल समुहमा र छिरिङ्ग वाङ्दी शेर्पाले रजत पदक जितेका थिए भने ६० किलोमा शुलभ माली र ५४ किलो तौल समुहमा सिंहबीर लिम्बुले काश्य पदक जितेका थिए । साथै टिम व्यवस्थापकमा स्मृति विश्वास र प्रशिक्षक सन्दिप श्रेष्ठ सहभागी थिए ।

टोलीलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, महासचिव मान बहादुर भण्डारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close