बक्सिङकी प्रियङकालाई सहयोगका लागि सबैले हात अगाडी बढाए, डिप्लोमा कोर्ष पढ्न भारत जाने

पोखरा, १४ असार । बक्सिङकी राष्ट्रिय खेलाडी प्रियङका बर्मा भरातको पटियालामा एक वर्षे डिप्लोमा कोर्षका लागि भारत जाने भए पछि उनको सहयोगका लागि सबैले हात अगाडी बढाएका छन ।

राष्ट्रिय खेलकुद परिषद बैदेशिक अध्ययन अन्तरगत प्रियङकाले स्पोर्टस इन डिप्लोमा कोर्ष गर्न जाने भएकी हुन । आर्थिक रुपले कमजोर रहेकी प्रियङका लाई पोखरेली खेलप्रेमीहरुले सहयोगका लागि हात बढाएको कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए ।

अध्यक्ष गुरुङका अनुसार प्रियङकालाई १ लाख ३७ हजार आर्थिक सहयोग गरिएको बताए । ‘घरको अबस्था पनि कमजोर रहेको र अध्ययनशिल तथा अनुशासित खेलाडी भएकोले प्रियङालाई हामीले डिप्लोमा कोर्षका लागि सिफारिश गरेका हौं’ अध्यक्ष गुरुङले भने–‘कास्की बाट ब्याडमिन्टनकी पूनम गुरुङ र प्रियङका डिप्लोमा कोर्षका लागि भारतको पटियाला जाने भएका छन ।’

प्रशिक्षकको अध्ययनका लागि भारत जान लागेकी प्रियङका लाई राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश कुमार गुरुङले नगद १७ हजार, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका तर्फ बाट अध्यक्ष सम्पन्न श्रेष्ठले २० हजार, क्षेत्रिय खेलकुद बिकास समितीका सदस्य राजेन्द्र पहारीले व्यक्तिगत रुपमा २५ हजार र जिल्ला खेलकुद बिकास समिती कास्कीको तर्फ बाट अध्यक्ष याम गुरुङले नगद २० हजार प्रदान गरे ।

यसै गरि सहयोग गर्नेहरुमा बुल्समेन क्लबका तर्फ बाट अध्यक्ष नुना गुरुङले १५ हजार, पूर्ब अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईले १० हजार, पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा बरिष्ठ प्रशिक्षक सुरेश मल्लले १० हजार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदारले १० हजार, कास्की जिल्ला उसु संघका अध्यक्ष योगेन्द्र के.सीले ५ हजार र बक्सिङ संघले ५ हजार सहयोग गरेका थिए ।

अध्यक्ष गुरुङले उनको एक वर्षे अध्ययनका लागि थप सहयोग रकम संकलन जारी रहेको बताउँदै प्रियङका प्रशिक्षक बनेर फर्के पछि कास्की बाट पहिलो महिला बक्सिङ प्रशिक्षकका रुपमा कार्यरत रहने बताए । कार्यक्रममा प्रियङकालाई सबैले सहयोग प्रदान गर्दै उनको उज्जवल भविष्यको कामना समेत गरेका थिए ।

ओलम्पिक डे मनाउन भलिबल, संचारकर्मी बिजयी
ओलम्पिक डे मनाउन पोखरामा कास्की जिल्ला भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पोखरेली संचारकर्मीको टिम बिजयी भएको छ । संचारकर्मीको टिमले कास्की जिल्ला भलिबल संघलाई २–० को सोझो सेटमा हराउँदा, शुरक्षा फौजको टिमले पर्यटन ब्यबसायीलाई २–१ को सेटमा पाखा लगायो । तर फाइनलमा संचारकर्मीको टिमले शुरक्षाफौजलाई अत्यन्त प्रतिष्पर्धात्मक खेलमा ३–२ ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close