
पोखरा स्पोर्टस । ‘मदर अफ अल स्पोर्टस’का रुपमा चिनिन्छ जिम्न्याष्टिक खेल । तर त्यही खेल कास्कीमा थला परेको छ । त्यही थला परेको खेललाई जिवनजल छर्किदैं छन् थमन थापा । पोखरामा नै रहेर थमन जिम्न्याष्टिकमा प्रवेश गरे । आज भन्दा ठ्याक्कै ३२ वर्ष अघि । ९ वर्षका थिए उनी । कालिका माविमा पढ्दै गरेका थमनका गुरु थिए कृष्ण तिमिल्सिना । उनकै प्रशिक्षणमा करिव ४ वर्ष जिम्न्याष्टिक सिकेका उनले आज पर्यन्त आफ्नो जिम्न्याष्टिक यात्रालाई जारी राखेका छन् । तर अहिले भूमिका फेरिएको छ । उनको जिम्न्याष्टिक यात्रा अहिले स्वयंसेवी प्रशिक्षकको भूमिकामा अघि बढेको छ ।
आफ्नै मेहनत र लगनशिलतामा रमाउने जिम्न्याष्टिकको अर्टिष्टिक विद्याका खेलाडी समेत रहेका थमनको कसैप्रति केही गुनासो भने छैन । आफ्नो स्वयंसेवी प्रशिक्षणको यात्रामा सबैको साथ र सहयोग रहेको उनको भनाई थियो । थमनले जिम्न्याष्टिक खेलको विकासमा गरेको प्रयासलाई दाँज्ने हो भने राज्यको तलब कोष थापेर काम गर्ने प्रशिक्षकहरुको भन्दा हजारौं गुणा प्रशंसनिय छ । जहाँ बढि गफ हुन्छ । प्रतिफल शुल्य ।
२०३८ सलामा स्याङजा कोल्मा बहाकोटमा जन्मिएका थमन आफ्ना स्वर्गिय वुवा भिम बहादुर थापा र आमा निरमा कुमारी संगै पोखरा बसाई सरे । सानो उमेरमा नै पोखरा रंगशाला आउने क्रममा जिम्न्याष्टिक खेलप्रति उनको मोह जाग्यो । तिमिल्सिनाले उनलाई जिम्न्याष्टिकका शिप त सिकाए । तर मजधारमा नै त्यो प्रशिक्षण यात्रालाई उनले छोड्नु पर्यो । “हामीले कृष्ण गुरु संग जिम्न्याष्टिक त सिक्यौं । तर उहाँले हामीलाई अलपत्र पार्नु भयो” उनी भन्छन्–“प्रशिक्षणको यात्रा विचमा नै रोकियो ।” प्रशिक्षण विचमा नै रोकिन पुगेका ति दिनहरु अझै पनि उनको मानसपटलमा ताजै छन् । “गुरुबाट प्रशिक्षित हुन पाउनु सबैका लागि शुखद क्षण हो,” उनी पिडा पोख्छन्–“तर गुरुले देखाउनु पर्ने मार्गदर्शन हामीले पाउन सकेनौं । हामी अलपत्र पर्यौं ।”
अहिले श्रीमती, आमा, र दुई छोराहरुका साथ पोखरा रामबजार बस्दै आएका थमनको प्रमुख समस्या नै जिविकोपार्जन हो । “आफूले सिकेको शिप सबैलाई बाँडन पाउनु नै अहिले मेरो चुनौती हो”, उनी भन्छन्–“कम्तिमा पनि राज्यले हामी जस्ता स्वयंसेवी प्रशिक्षकहरुलाई केही न केही सम्वोधन गरिदिए हाम्रो हौसला बढ्ने थियो भने अर्कोतर्फ प्रशिक्षणका लागि उचित हलको व्यवस्था भए खेलाडी उत्पादनमा सहज हुने थियो ।”
११ वर्षको उमेरमा ११ औं राष्ट्रिय जिम्न्याष्टिकमा तत्कालिन पश्चिमाञ्चालबाट उनले पहिलो राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । उनले १२ औं, १३ औं गरी लगातार राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । ५ औं राष्ट्रिय खेलकुदमा समेत उनको सहभागिता रह्यो । २०७७ सालमा उनले प्रशिक्षक–प्रशिक्षणको कोर्स पुरा गरे । आफूले सिकेको शिप यति बेला पोखरा रंगशालामा ४० जना भन्दा बढिलाई निशुल्क रुपमा दिइरहेका छन् । उनी भन्छन्–“सिक्न आउने त कति छन् कति तर यहाँ ठाउँको अभाव छ ।” जिम्न्याष्टिकका लागि उपयूक्त हल नहुँदा लगातार प्रशिक्षण हुन नपाएको उनको गुनासो थियो । नवौं राष्ट्रिय खेलकुदका लागि प्राप्त सामाग्री समेत् सेटिङ गर्न नपाउँदा खेलाडीहरुलाई राम्रो संग प्रशिक्षण दिन नपाएको उनको भनाई थियो ।
यति लामो समय देखि निरन्तर जिम्न्याष्टिकमा लागेका थमनको राज्य प्रति समेत गुनासो छ । गण्डकी प्रदेश सरकारले स्वयंसेवी प्रशिक्षकका लागि दिएको निवेदन उमेरका कारण पुरा हुन सकेन । अहिले श्रीमती, आमा, र दुई छोराहरुका साथ पोखरा रामबजार बस्दै आएका थमनको प्रमुख समस्या नै जिविकोपार्जन हो । “आफूले सिकेको शिप सबैलाई बाँडन पाउनु नै अहिले मेरो चुनौती हो”, उनी भन्छन्–“कम्तिमा पनि राज्यले हामी जस्ता स्वयंसेवी प्रशिक्षकहरुलाई केही न केही सम्वोधन गरिदिए हाम्रो हौसला बढ्ने थियो भने अर्कोतर्फ प्रशिक्षणका लागि उचित हलको व्यवस्था भए खेलाडी उत्पादनमा सहज हुने थियो ।”
कुनै दिन व्यस्तताका विच पोखरा रंगशाला आउन नपाउँदा दिन भरि जसो भोकै भएको अनुभव सुनाउने थमन १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुटेका छन् । “अब मेरो नजर १० औं राष्ट्रिय खेलकुद नै हो । म संग प्रशिक्षणमा रहेका खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा पदक जिताउनु हो । जुन मेरो सपना समेत हो”–उनी भन्छन् । आफूलाई समेत प्रशिक्षकको रुपमा अझै निर्खान थप प्रशिक्षणका लागि काठमाण्डौ जाने तयारी उनको छ ।
आफ्नै मेहनत र लगनशिलतामा रमाउने जिम्न्याष्टिकको अर्टिष्टिक विद्याका खेलाडी समेत रहेका थमनको कसैप्रति केही गुनासो भने छैन । आफ्नो स्वयंसेवी प्रशिक्षणको यात्रामा सबैको साथ र सहयोग रहेको उनको भनाई थियो । थमनले जिम्न्याष्टिक खेलको विकासमा गरेको प्रयासलाई दाँज्ने हो भने राज्यको तलब कोष थापेर काम गर्ने प्रशिक्षकहरुको भन्दा हजारौं गुणा प्रशंसनिय छ । जहाँ बढि गफ हुन्छ । प्रतिफल शुन्य ।
