सेमीफाइनलमा पुलिस संग गण्डकी ३–१ ले स्तव्ध

पोखरा स्पोर्टस । गण्डकी प्रदेश पुरुष भलिबल टिम विभागिय टोली नेपाल पुलिस क्लव संग सेमीफाइनलमा पराजित भएको छ ।  

काठमाण्डौमा जारी किङ्स कप पुरुष भलिबल प्रतियोगिता २०८० मा गण्डकी पुलिस क्लव संग ३–१ ले पराजित हुँदा स्तव्ध बनेको हो ।

वर्षाका कारण केही समय अवरुद्ध भएको खेलमा पुलिसले सुरुवात बाटै गण्डकीलाई दबावमा राख्दै पहिलो र दोश्रो सेट आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट २५–२३ र दोश्रो सेट २६–२४ ले जितेको थियो । तेश्रो सेटमा गण्डकी खेलमा फर्किर्दै २५–२२ ले जिते पनि चौथो सेटमा गण्डकीले २५–२१ ले पुसिललाई खेल सुम्पिन पुग्यो ।

यो जित संगै पुलिसले फाइनलमा स्थान बनाएको छ भने गत संस्करणको उपविजेता समेत रहेको गण्डकीले अव तेश्रो स्थानका लागि खेल्ने छ ।

प्रतियोगिताको विजेताले २ लाख २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र हात पार्नेछ ।

तेस्रो हुने टोलीले ५० हजार ५ सय रुपैयाँ र चौथो हुनेले २२ हजार २ सय रुपैयाँ, कप र प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार रुपैया तथा हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैया प्रदान गरिने छ ।

किङ्स क्लव काठमाण्डौको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता २७ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close