राखेप द्वारा नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को खर्च विवरण सार्वजनिक गरेको छ ।

राखेपले बुधबार एक पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय सकिएको ९ महिना पछि खर्च विवरण सार्वजनिक गरेको हो । गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद–२०७९ अन्तर्गत रु ६० करोड ५१ लाख ५२ हजार सात सय आम्दानीतर्फ तथा खर्चतर्फ रु ५३ करोड ७९ लाख ४ हजार २३९ रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
राखेपको विज्ञप्ती जस्ताको तस्तै

नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण सार्वजनिक सम्वन्धी प्रेश विज्ञप्ति
पत्रकार मित्रहरु,
नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद–२०७९ सफलतापूर्वक आयोजना गरेको सर्वविदितै छ । प्रतियोगिता सम्पन्न गर्नका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार लगायत सम्पूर्ण प्रदेश सरकारहरु, खेल सञ्चालन भएका जिल्लाहरु एवं स्थानीय निकायहरु र सम्पूर्ण क्षेत्रबाट पाएको सहयोग प्रति राष्ट्रिय खेलकुद परिषद आभार व्यक्त गर्दछ ।

उक्त प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए । एघार टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो ।

खेलाडी तथा अफिसियलको ड्रेस, यातायात तथा बसोवास, खेल मैदान, खेल समाग्री व्यवस्थापन, कार्यक्रम उद्घाटन तथा समापन, स्वयमसेवक परिचालन, निर्णायक तथा प्रशिक्षक परिचालन जस्ता विभिन्न क्षेत्रमा भएका खर्चहरुलाई एकिकृत गरि खर्चको सम्पूर्ण विवरण तयार गर्न सबै क्षेत्रको भुक्तानी भई सक्नु पर्ने हुन्छ । ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको र लगत्तै आमनिर्वाचन –२०७९ मा राष्ट्रिय खेलकुृद परिषदका कर्मचारीहरु खटिएकोले खर्चको हिसाब एकिन गर्न समय लागेको थियो । भुक्तानीका प्रक्रिया अघि बढाउँदै गर्दा नेपाल सरकारले देशको अर्थ व्यवस्थामा आएको चापलाई ध्यान दिई खर्च कटौतीका लागि सबै क्षेत्रको बजेट रोक्का गर्दा नवौं राष्ट्रिय खेलकुदको बजेट पनि रोकिन गए पछि भुक्तानी प्रक्रिया पूर्णरुपमा प्रभावित भएको थियो । परिषद्को अनुरोध पछि रोकिएको बजेट शिर्षकहरु फुकुवा गरी दिएकोले भुक्तानी गर्ने कार्य गरिएको थियो । जसका कारण स्वर्णपदक प्राप्त खेलाडीहरुको पुरस्कार रकम समेत ढिला भुक्तानी गर्नुपर्ने अवस्था आएको थियो ।

प्रतियोगिताका लागि शीर्षकगत रुपमा विनियोजन भएको मध्ये कुनै शीर्षकमा अपुग र कुनै शीर्षकमा बाँकी हुन गए पछि अपुग शीर्षकमा रकमान्तरका लागि सम्वन्धित निकायहरु समक्ष अनुरोध गरिएको थियो । रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल अषाढ पहिलो हप्ता सम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको एकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

नवौं राष्ट्रिय खेलकुद–२०७९ को यथार्थ आम्दानी र खर्च विवरण
नेपाल सरकारबाट विनियोजन रु ६०,१०,०००००/-
आन्तरिक आम्दानी रु ५१,५२,७००/–
कूल आम्दानी रु ६०,६१,५२,७००/-
सम्पूर्ण शीर्षकगत खर्च रु ५३,७९,०४,२३९/०८
बचत रु ६,८२,४८,४६०/९२

टंकलाल घिसिङ
सदस्य सचिव

आम्दानीतर्फ भएको रकम मध्ये नेपाल सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि विनियोजन गरेको रु ६० करोड १० लाख र आन्तरिक आम्दानीतर्फ ५१ लाख ५२ हजार ७०० रहेको राखेपले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत राखेपले नगद रु ६ करोड ८२ लाख ४८ हजार ४६० बचत भएको जनाएको छ ।

विभिन्न क्षेत्रमा भएका खर्चहरुलाई एकिकृत गरि खर्चको सम्पूर्ण विवरण तयार गरी सबै क्षेत्रको भुक्तानी गर्नु पर्ने भएकोले खर्च विवरण सार्वजनिक गर्न ढिलाई भएको जनाउँदै राखेपले चाडपर्व, निर्वाचन लगायतका कारणले पनि हिसाव एकिन गर्न समय लागेको जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार लगायत सम्पूर्ण प्रदेश सरकारहरु, खेल सञ्चालन भएका जिल्लाहरु एवं स्थानीय निकायहरु र सम्पूर्ण क्षेत्रबाट पाएको सहयोग प्रति आभार समेत व्यक्त गरेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३४१४ जना पुरुष र २७१३ जना महिला सहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले उपाधि प्राप्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close