पोखरा म्याराथनलाई सहयोग गर्ने सस्थाहरुलाई प्रशंसापत्र प्रदान

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथनलाई सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरेको छ ।

मञ्चले १७ औं संस्करणको म्याराथनमा सहयोग गर्ने पोखरा वडा नं ५ स्थित विभिन्न संघ संस्थाहरुलाई प्रशंसापत्र वितरण गरेको जनाएको हो । पोखरा महानगर पालिका वडा नं ५ को कार्यालय सहित वडा नं ५ का विभिन्न संस्था र आमा समुह गरी १० भन्दा वढि संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

१८ औं सस्करणको पोखरा म्याराथनको तयारीमा जुटिरहेको मञ्चले गत वर्ष सम्पन्न प्रतियोगितालाई सहयोग गर्ने संस्थाहरुलाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम बमोजिम मञ्चले पोखराका सबै वडाका संघ संस्थाहरुलाई क्रमश प्रशंसापत्र प्रदान गरिने अध्यक्ष पराजुलीले बताए । उनले भने–“पोखरा म्याराथन पोखराकै पर्वको रुपमा रहेको प्रतियोगिता मध्ये एक हो । यसलाई सफल बनाउन सम्पूर्ण पोखरेलीहरुको उत्तिकै महत्वपूर्ण भूमिका र अभिभारा छ । हामी उहाँहरुलाई प्रशंसापत्र दिएर उहाँहरुको अमुल्य योगदानको सम्मान गर्न चाहन्छौं ।”

पोखरा म्याराथन रुट पोखरा महानगर पालिकाको वडा नं १ देखि वडा नं १७ भित्र रहेको छ । यो दौड रुटलाई अन्तर्राष्ट्रिय संस्थाबाट समेत मान्यता पाएको जनाउँदै अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई सफल बनाउन पोखरामा छरिएर रहेका ६ सय भन्दा वढि संघ संस्थाको सहकार्य रहेको बताए । “पोखरा म्याराथन म्याराथनका लागि आयोजना गरिएको होइन” उनले भने–“खेलकुद मार्फत पोखराको पर्यटन प्रवर्द्धन पनि जोडिएको छ भने अर्का तर्फ पोखरा म्याराथन यहाँको धार्मिक, सांस्कृति र प्राकितिक अवस्था संग समेत जोडिएको छ ।”

१८ औं संस्करणको पोखरा म्याराथन आगामी २०८० फागुन ५ गते शनिबारका दिन आयोजना हुने जनाउँदै अध्यक्ष पराजुलीले सोको तयारीमा समेत मञ्च अघि बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close