नेपालमा पहिलो पटक ‘डोपिङ कन्ट्रोल अफिसर्स’को प्रशिक्षक/प्रशिक्षण सुरु

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजना तथा कोरियन एन्टी डोपिङ एजेन्सी (काडा)को सहकार्यमा शनिबारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ)को प्रशिक्षक/प्रशिक्षण सुरु भएको छ ।

उक्त कार्यक्रमको उद्धेश्य नेपालमा नै  दक्ष  प्रशिक्षकहरु उत्पादन गर्ने लक्ष्य रहेको एनओसीले जनाएको हो । उक्त प्रशिक्षक/प्रशिक्षण कार्यक्रम नेपालमा  पहिलो पटक आयोजना भएको हो । कोरियाली तिन विशेषज्ञ सहितको टोलीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

सो अवसरमा एनओसीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्वमा जोड दिंदै नेपाल एन्टि डोपिङको क्षेत्रमा अघि बढ्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै काडाका सीओओ सु–किमले नेपालमा एन्टी डोपिङ सम्बन्धी प्रशिक्षक तयार हुन लागेकोमा खुसी व्यक्त गरे ।

प्रशिक्षकमा काडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहेका छन् । 

प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा छ जनाको सहभागिता रहेको छ । सहभागी हुनेमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ, नबीसमान सिं प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन बैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन् । त्यसमध्ये श्रेष्ठ एनओसी अन्तर्गतको मेडिकल कमिसनका प्रमुख पनि हुन् ।

नेपालको खेलकुद विकास ऐन २०७७ अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी (नाडा) गठन हुने क्रममा छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत उक्त संस्था स्वायत्त निकायको रुपमा स्थापित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close