
पोखरा, ६ साउन । नेपालका शुसिल थापाले पाकिस्तानी खेलाडी पराजित गदै क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
थाईल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्र्तगत ४९ केजी लाईट फ्लाइट तौलमा नेपाल आर्मीमा आवद्ध मुक्केबाज शुसिलले पाक्स्तिानी मुक्केवाज इर्द उल्लाहलाई दोश्रो राउण्डको दोश्रो मिनेटमा आरएससी (रेफ्रि स्टप कन्स्टेष्ट)को आधारमा हराउदै क्वाटर फाईनलमा प्रवेश गरेका हुन ।

शुसिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढाले पछि उल्लाह काउण्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका शुसिलले उल्लाहलाई एकै राउण्डमा तीन पटक काउण्टको धरापमा पारेका थिए ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)को नियम अनुसार एउटै राउण्डमा तीन पटक काउण्ट पाए पछि खेलाडीले धेरै मार खानु नपरोस भनि रेफ्रिले खेल रोक्दै बिपक्षलाई बिजयी गराउने नियम छ ।
नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले बिगत दुई हप्ता देखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा समेत राखेको छ ।
