लमजुङमा गोजुकाई केन्बुकान करातेको बेल्ट ग्रेडिङ सम्पन्न

पोखरा स्पोर्टस । लमजुङमा जे.के.एफ गोजुकाइ केन्बुकान करातेको ग्रेडिङ सम्पन्न भएको छ । जे.के.एफ गोजुकाइ केन्बुकान संघ नेपाल शाखा लम्जुङ जिल्ला फुलबारि डोजोको आयोजनामा १८ औ बेल्ट ग्रेडिङ सम्पन्न भएको हो ।

उक्त बेल्ट ग्रेटिङ कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य तथा जे.के.एफ गोजुकाइ केन्बुकान संघका प्रमुख प्रशिक्षक अस्मिता गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

फुलबारी डोजो लम्जुङ समितिका अध्यक्ष राधा तमाङ (शिला)को अध्यक्षतामा भएको कार्यक्रम १५० जना खेलाडिहरुले सहभागिता जनाएका थिए ।

सो अवसरमा प्रमुख प्रशिक्षक गुरुङले ग्रेडिङ उर्तिण गर्ने खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । यसका साथै उत्कृष्ट खेलाडी, खेलमा निरन्तरता र अनुशासित खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

सो अवसरमा गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङ, प्रदेश भलिबलका सदस्य नविन गुरुङको समेत सहभागिता रहेको थियो । 

उक्त वेल्ट टेष्ट तथा ग्रेडिङ कार्यक्रमलाई फुलबारी डोजो लम्जुङका तुल गुरुङ, प्रिति गुरुङ, इन्द्र गुरुङ, सुनिल गुरुङ, सुनिल परियार, सुमन तिमिल्सिना, बिशाल गुरुङले सहयोग गरेका थिए भने तुल गुरुङ्ले कार्यक्रम सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close