
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका १० स्थित रामघाट युवा क्लव द्वारा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ ।
खेलकुद संगै सामाजिक कृयाकलाप गर्दै आएको क्लवले आफ्नो क्लवको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाइटि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको क्लवका संरक्षक नुना गुरुङले जानकारी दिएका हुन् ।
क्लवका अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
रामघाट यूवा क्लवले वार्षिक रुपमा बास्केटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ भने अन्य सामाजिक कार्यहरु समेत उत्तिकै प्रभावकारी रुपमा सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले जनाए ।

good job Bullsmen Pokhara