पौडीकी डुवानाद्वारा ब्यक्तिगत समयमा सुधार

पोखरा स्पोर्टस । पौडीकी डुवाना लामाले आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छन् ।

जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा डुवानाले आफ्नो ब्यक्तिगत समयमा सुधार गरेकी हुन् ।

जापानबाट टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार डुवानाले बिहिबार सम्पन्न १०० मिटर फ्रिस्टायल लामाले १ मिनट १.९३ सेकेन्ड समयका साथ पुरा गरेकी थिईन् । यस विधामा उनको ब्यक्तिगत समय १ मिनट २.०४ सेकेन्डको समय रहेको थियो ।

नेपालको अव एक मात्र खेल बाँकी रहेको छ । शुक्रबार एलेक्जेन्डर शाहले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
  • (no title)

Back to top button
Close
Close