
पोखरा स्पोर्टस । बंगलादेश विरुद्धको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ ।
दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपालले २–१ ले जित हासिल गरेको हो । नेपालका लागि डेव्यु गरेका प्रिती राई र सविता राना मगरले समान १–१ गोल गरे पछि नेपालले जित हासिल गरेको छ । खेलको १३ औं मिनेटमा सविताले नेपालका लागि गोलको खाता खोलकी थिइन भने २३ औं मिनेटमा सविताले दोश्रो गोल गर्दै नेपालको जितलाई शुनिश्चित गरेकी थिइन ।
पहिलो हाफमा केही सुष्त खेलेको पाहुना टोली बंगालादेश भने दोश्रो हाफमा आक्रमक रुपमा मैदानमा प्रस्तुत भएको थियो । वंगालादेशका लागि मैदान प्रवेश गरेको पहिलो मिनेटमा नै थोउरा खातुनले नेपाल विरुद्ध गोल गर्दै टिमलाई खेलमा फर्काउन प्रयास गरेकी थिइन । उनी ८२ औं मिनेटमा मोसामत सोप्नाको स्थानमा मैदान छिरेकी थिइन ।
