एसियाड तयारीका लागि महिला ह्याण्डबल टोली पोखरामा

पोखरा स्पोर्टस । एसियाड तयारीका लागि नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोली शनिबार पोखरा आइपुगेको छ ।

चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाडको पूर्व तयारीका लागि टिम पोखरा आइपुगेको हो । करिव २ महिना पोखरा रंगशालामा हुने बन्द प्रशिक्षणका लागि २ प्रशिक्षक र १६ खेलाडी गरी १८ जनाको टोली पोखरा आइपुगेको हो ।

१९ औं एसियाडमा नेपाली महिला ह्याण्डबल टोली बन्दना राईको कप्तानीमा मैदानमा उत्रिने छ । त्यसै गरी टिमका खेलाडीहरुमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना रहेका छन् ।

त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।

पोखरा आइपुगेको नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी तथा के.स राम गुरुङ र कास्की ह्याण्डबल संघका सचिव टेक बहादुर गुरुङले स्वागत गरेका थिए ।

१९ औं एसियाडको तयारीका लागि विभिन्न ५ खेलका टिमहरु यति बेला पोखरामा रहेर प्रशिक्षण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close