र्‍याफ्टिङ एण्ड क्यानोइिङ संघ गण्डकी प्रदेशको अध्यक्षमा लामा

पोखरा स्पोर्टस । र्‍याफ्टिङ एण्ड क्यानोइिङ संघ गण्डकी प्रदेशको अध्यक्षमा विरेन्द्र लामा निर्वाचित भएका छन् ।

संघको बिहिबार सम्पन्न र्‍याफ्टिङ एण्ड क्यानोइिङ संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी सहित ६ सदस्यिय कार्यसमिति निर्वाचित भएका छन् भने एक पद रिक्त राखिएको छ ।

समितिको उपाध्यक्षमा दिपेन्द्र मर्सानी निर्वाचित भए । उनी पोखरा महानगर पालिका वडा नं ९ का अध्यक्ष समेत हुन् । त्यसै गरी कार्य समितिको सचिवमा शोभा जलारी कोषाध्यक्षमा किशोर दाहाल र सदस्यमा ब्रजेश कसजु श्रेष्ठ र सिता थापा सर्वसम्मत निर्वाचित भए । निर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले शहासिक खेलकुदमा ¥याफटिङ र क्यानोइङ खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै खेलकुद विकासका लागि सबैले परिवर्तनका लागि सत्मार्ग आवश्यक रहने कुरामा जोड दिए । उनले शहासिक खेलकुदलाई उद्योगको रुपमा व्याख्या गर्दै सम्भावना भएका क्षेत्रहरुमा निजि लगानीका साथ यसको विकासमा अघि बढ्नु पर्ने कुरा औंल्याए ।

सो अवसरमा सांसद बरालले नवनिर्वाचित कार्यसमितिलाई वधाई समेत दिएका थिए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य एवं खेल पत्रकार केशव पाठकले शहासिक खेल र्‍याफ्टिङको विकासका लागि परिषदले संघ संग सहकार्य गर्दै अघि बढिरहेको बताउँदै प्रदेशलाई शहासिक खेलकुदको गन्तव्य बनाउन आगामी दिनमा सहकार्यको यात्रालाई अझै परिमार्जित गर्दै अघि बढ्ने बताए ।

नेपाल र्‍याफ्टिङ एण्ड क्यानोनिङ संघका केन्द्रिय अध्यक्ष राजिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य निम बहादुर मगरले समेत आफ्ना भनाई राखेका थिए । अध्यक्ष श्रेष्ठले नेपालले यस पटक १९ औं एसियाली खेलकुदमा ¥याफटिङ खेलले उच्च प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्री, क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायत पर्यटन व्यवसायी एवं खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close