ऐतिहासिक टुँडीखेल मैदानको स्त्तरोन्नतीका लागि सरोकारवालाहरुको प्रतिवद्धता

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडा नं १ टुँडीखेल खेल मैदानको स्त्तरोन्नतीका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन ।

पोखरा महानगर पालिका वडा नं १ कार्यालयको पहलमा बिहिवार भएको भेलाले सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन । पोखराकै गहनाको रुपमा रहेको ऐतिहासिक टुँडीखेल मैदान संरक्षणका साथै मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन संघिय सरकारले प्रदेश सरकारमार्फत आव ०७७/०७८ का लागि २५ लाख रकम विनियोजन गरेपछि वडा कार्यालय सहित सरोकारवालाहरु उत्साहका साथ मैदानको स्त्तरोन्नतीका लागि अघि बढेको उपभोक्ता समितिका अध्यक्ष प्रेम रमण आचार्यले पोखरा स्पोर्टसलाई बताए ।

टुँडीखेल संरक्षणको वृहत्तर विकासको योजना सहित अघि वढेको “ऐतिहासिक टुँडीखेल खेलमैदान स्त्तरोन्नती उपभोक्ता समिती”को ३० प्रतिशत सहित ३६ लाख खर्च गरिने भएको अध्यक्ष आचार्यले बताएका छन । उनले भने–“हामी अहिले ३६ लाख खर्च गर्न योजनामा छौं तर हामी सहयोग उठाएर भए पनि ५० लाख खर्च गर्ने योजना बनाउँदै छौं ।”

टुँडीखेल खेल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको मैदान बनाउन हाल त्यहाँ भएका केही संरचनाहरु हटाउनेमा समेत सरोकारवालाहरु सहमत भएको अध्यक्ष आचार्यले बताए । उनले यतिवेला प्राप्त रकम कुन विषयमा खर्च गर्ने बारे टुङ्गो नलागेको भए पनि केही नयाँपन दिने गरि सर्भे समेत गरिएको बताए ।

तत्कालिन पोखरा नगर पञ्चायतले राष्ट्रिय मावीलाई उपभोग गर्ने गरी दिएको टुँडीखेलमा अतिक्रमण बढेपछि साँघुरिदैं गएको छ । मैदानले चर्चिएको जग्गा भित्र नै वडा प्रहरी कार्यालय, वडा कार्यालय, इन्द्रेणी एकीकृत विकास संस्था र भूपू सैनिक लगाएतका भवन तथा कार्यालयहरु रहेका छन । उपभोक्त समितीलाई ति संरचनाहरु स्थान्तरण गर्ने विषयनै यतिवेला समस्याको रुपमा देखिएको छ ।

तर विहिवारको भेलाले ति संस्थाका प्रतिनिधीहरुले वडा कार्यालयले विकल्पका रुपमा कुनै ठाउँ दिएमा आफूहरु स्थान्तरणका लागि तयार रहेको भन्दै टुँडीखेल मैदान संरक्षण अभियानमा आफूहरुको पनि उत्तिकै साथ र प्रतिवद्धता रहेको बताएका छन । लामो समय देखि टुँडीखेलमा रहेका ति पूर्वाधारहरु स्थान्तरणका लागि वडा कार्यालयले सम्पन्न भेलामा समेत चासो दिएको अध्यक्ष आचार्यले बताए ।

उपभोक्ता समितीका सल्लाहकार समेत रहेका तेज गुरुङले भेलामा सरोकारवाला पक्षहरुको सहज प्रतिवद्धताले पनि टुँडीखेल खेल मैदान अन्तर्राष्ट्रिय मापदण्डको मैदानको रुपमा विकास गर्न सहज हुने बताए । उनले भने–“यो निकै सकारात्मक कुरा हो र यसका लागि वडा कार्यालयको समेत उत्तिकै पहल आवश्यक छ जसले गर्दा पोखराको ऐतिहासिक टुँडीखेल मैदानको संरक्षण र सम्वर्द्धनमा ठूलो महत्व राख्नेछ ।”

उक्त भेला वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । स्मरणिय के छ भने गत वर्ष समेत यूवा तथा खेलकुद मन्त्रालयको १५ लाख उपभोक्त समितीको १० लाख गरि करिव २५ लाखको लागतमा मैदानको बाहिरी भागमा तार जाली लगाइएको छ ।
फायल तस्विर : सुर्दशन रञ्जित
Pokhara Marathon Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close