गण्डकीका सदस्य सचिव शर्माले भेट गरे राखेपका सदस्य सचिव घिसिङलाई

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ संग छुट्टा–छुट्टै भेट गरेका छन् । 

भेटका अवसरमा सदस्य सचिव शर्माले प्रदेशका खेलकुद पूर्वाधारहरु व्यवस्थित गर्ने विषयमा छलफल भएको जानकारी गराएका हुन् । भेट बारे जानकारी गराउँदै शर्माले कर्मचारीहरुको व्यवस्थापन गर्न र हाल प्रदेशमा भइरहेका हाल सञ्चालनमा रहेका दुई खेल शक्ति केन्द्रहरुलाई अझै व्यवस्थित बनाउने विषयमा गम्भिर छलफल भएको बताए । उनले भने–“जिल्ला खेलकुद विकास समितिमा कर्मचारी समायोजन गरियो । अव चाँडैनै क्षेत्रिय खेलकुदका कमर्चारीहरुलाई पनि प्रदेश अन्तर्गत राख्ने विषयमा छलफल गरेका छौं ।”

कास्कीमा हालै खेलकुद संघहरुले प्रशिक्षणको नाउँमा रकम संकलन गरेको विषयमा समेत सदस्य सचिव घिसिङ संग छलफल गरिएको बताउँदै संघहरुले उठाएको रकमलाई कसरी व्यस्थित गर्ने संगै राज्यको सम्पतीको रुपमा रहेको खेल मैदान तथा रंगशालाहरुको संरक्षणका लागि समेत प्रदेश र राखेपले एउटै अवधारणा बनाएर अघि बढ्ने विषयमा समेतका विषयमा कुराकानी भएको सदस्य सचिव शर्माले बताए । “हामीले पोखरा रंगशाला लगायत राखेप अन्तर्गत रहेका रंगशाला र खेल मैदानहरुको संरक्षण, मर्मत सम्भारका लागि प्रदेश खेलकुदको जिम्मा दिन आग्रह गरेका छौं । उहाँ त्यस विषयमा सकरात्मक हुनुहुन्छ” शर्माले भने ।

यसै गरी सदस्य सचिव शर्माले राखेप अन्तर्गत हाल सम्म गण्डकी प्रदेशका स्थायी बसोबास रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको तथ्याङ्क समेत माग गर्दै आफूले निवेदन दर्ता गराएको जानकारी दिएका छन् । त्यसै गरी राखेप अन्तर्गत रहेका प्रशिक्षकहरुको अनुमतीका विषयमा समेत छलफल भएको उनले बताए ।

सदस्य सचिव शर्माले नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ संग भेट गरी ओलम्पिक र प्रदेश खेलकुदको विचको सम्वन्धको विकास संगै गण्डकीका ओलम्पियनहरुको विवरण समेत लिएको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close