रकम विनियोजन भए पछि राखेपले माउन्टेन स्पोर्टस् गेम्स आयोजना गर्न थाल्यो तयारी

पोखरा स्पोर्टस । आर्थिक वर्ष २०८०/०८१ का लागि सहाशिक खेलकुद आयोजना गर्न रकम विनियोजन भए संगै (राष्ट्रिय खेलकुद परिषद) राखेपले ‘माउन्टेन स्पोर्टस गेम्स’को तयारी सुरु गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा सो कन्क्लेभ आयोजना गरिएको हो । राखेपले २०२४ मार्चमा नेपालमा माउन्टेन स्पोर्टस गेम्स आयोजनाको प्रस्ताव अघि सारेर आयोजनाको तयारीलाई अघि बढाएको छ ।

प्रतियोगिताको तयारी स्वरुप राखेपले प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न गरेको हो । सो बारे पूर्व तयारी स्वरुप नगरकोटमा दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभ समेत आयोजना गरी कार्यक्रममा सहभागिता जनाएकाहरुलाई समेत माउन्टेन स्पोर्टस गेम्स आयोजना गर्न प्रतिबद्धता व्यक्त गराइएको छ ।

राखेपको आयोजना तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनको सहकार्यमा आयोजित कन्क्लेभमा सदस्य सचिव टंकलाल घिसिङले माउन्टेन स्पोर्ट्स गेम्स आयोजनामा नेपालको अवधारणा प्रस्तुत गरेका थिए । कन्क्लेभमा खेल प्रबद्र्धनमा विदेशी नियोग र दुतावास, माउन्टेन स्पोर्ट्स गेम्समा अन्तर सरकारी समन्वय, प्रतियोगिताबाट हुने देशको ब्राण्डिङ र प्रदेशमा साहसीक र पर्यटकीय खेलकुद शीर्षकमा सरोकारवाला निकायबीच छलफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विदेशी नियोग तथा दुतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवहरु, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, खेलकुद संघका पदाधिकारी, युनेस्को, सञ्चारकर्मी, पर्यटन तथा उद्यमी संघका प्रतिनिधिहरुसहित विभिन्न सरोकारवाला निकाय सहभागी थिए ।

माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष गोबिन्द भट्टराईले कन्क्लेभ अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्टस गेम्स आयोजना गर्ने प्रस्थान बिन्दु रहेको बताएका छन् । अध्यक्ष भट्टराईले सम्बन्धित राष्ट्रिय खेल संघहरुलाई ब्यवस्थित भएर प्रतियोगिताको तयारीमा अघि बढ्न सुझाव दिए थिए ।

कन्क्लेभले गरेका घोषणाहरु
साहसीक खेलको इभेन्टलाई प्राथमिकता दिने ।
नेचर, एडभेन्चर, कल्चरसँग सम्बन्धित खेल आयोजना गर्ने ।
तीन हजार मिटर आसपासको भेन्युमा प्रतियोगिता गर्ने ।
अन्तराष्ट्रिय महासंघको संलग्नता अनिवार्य गराउने ।
नीतिगत र ब्यवस्थापकिय गरि दुई समिति परिचालन गर्ने ।
राखेप, एनओसी, खेलकुद मन्त्रालय र महासंघ मध्य एकले आयोजनाको नेतृत्व गर्ने ।
नेपाल पर्यटन बोर्डलाई सह–आयोजकको प्रस्ताव गर्ने ।
नीजि क्षेत्रलाई प्रवेश गराउने ।
प्रदेश/पालिकालाई समेत आयोजनाको जिम्मेवारी दिन सकिने ।
हाललाई ४ देखि ६ खेल समावेश गर्ने ।
नेपालका विभिन्न स्थानमा छुट्टा छुट्टै स्थानमा कार्यक्रम सञ्चालन गर्ने ।
युनेस्को, कन्सुलर अफिस तथा विदेशी नियोगलाई सहयोगका लागि अपिल गर्ने ।
राष्ट्रिय योजना आयोगसँग नीतिगत समन्वयका लागि पहल गर्ने ।
राखेपको खेलकुद विकास विभाग, श्रद्धा श्रेष्ठ र गोबिन्द भट्टराई सम्मिलित टिमले सचिवालयको कार्य गर्ने ।
वेव साईट तयार गर्ने र इभेन्टको ब्राण्डिङमा जोड गर्ने ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलसँग सहकार्य गर्दै प्रतियोगिता आयोजनामा जोड गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close