राखेपले नवौं राष्ट्रिय खेलकुदको रकम भुक्तानी नगरेकोमा जिल्ला खेलकुद गोरखाको ध्यानाकर्षण

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रकम भुक्तानी नगरेको भन्दै जिल्ला खेलकुद विकास समिती गोरखाले ध्यानाकर्षण जनाएको छ ।

गत २०७९ कार्तिकमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रकम राखेपले झण्डै ८ महिना वितिसक्दा समेत भुक्तानी नगरेको हो । उक्त प्रतियोगिता अन्तर्गत गोरखामा बुद्धिचाल खेल सम्पन्न भएको थियो ।

राखेपले झण्डै ८ महिना वितिसक्दा समेत रकम नदिए पछि जिल्ला खेलकुद विकास समिति गोरखाले बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गरी सो बारे जानकारी दिएको हो । भुक्तानी नपाएको गुनासो गर्दै जिल्ला खेलकुदका अध्यक्ष शान्तसिंह बस्नेतले राखेपकै निर्देशन र सहमतीमा गरिएको खर्चको भुक्तानी नपाउनु दुःखद भएको बताउँदै भुक्तानीका लागि राखेपका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद गण्डकी र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखरामा पटक–पटक पत्रचार गरिए पनि कुनै सुनुवाई नभएको गुनासो गरे ।

वुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न १ लाख ९० हजार ९ सय ६६ रुपैयाँ खर्च भएको सम्पूर्ण विल भर्पाइहरु राखेपमा पेश गरिएको जानकारी दिंद्रै अध्यक्ष बस्नेतले रकम भुक्तानी नर्गदा तिर्नुपर्ने ठाउँमा समेत निकै समस्या भोग्नु परेको उनले बताए । उनले भने–“हामीले पटक पटक आग्रह ग¥यौं । तर कसैले सुनेन । हामी बाध्य भएर पत्रकार माझ आएका छौं । हामीलाई यहाँहरुको अगाडी आउन बाध्य पारियो ।”

यसै गरी नवौं राष्ट्रिय अन्तर्गत नै जिल्ला खेलकुद नवलपुर र जिल्ला खेलकुद स्याङजामा समेत समस्या रहेको सम्वन्धित जिल्लाका अध्यक्षहरुले जनाएका छन् । स्याङजाको वालिङमा सम्पन्न महिला फुटबलका लागि गरिएको मैदान मर्मतको कार्यको रकम हाल सम्म पनि राखेपले उपलव्ध नगराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close