
पोखरा स्पोर्टस । अखिल नेपाल कबड्डी संघको अध्यक्षमा तुलसी थापा गौतम निर्वाचित भएकी छन् ।

काठमाण्डौमा मंगलबार सम्पन्न संघको दोश्रो अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी दोश्रो पटक आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएकी हुन् । सम्पन्न निर्वाचनमा उनले अध्यक्षका अर्का प्रत्यासी अमित बहादुर गुरुङलाई पराजित गरेकी छन् । थापाले ८७ मत प्राप्त गर्दा गुरुङले १७ मत प्राप्त गरे ।
त्यस्तै अधिवेशनले दुई उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी महासचिवमा अरविन्द कुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्ण देव पन्तलाई निर्वाचित गरेको छ ।
कार्यसमितिको सदस्यमा तेज बहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जय बहादुर बोहरा, विन्दु थापा मगर, भगवती अधिकारी, निर्मला कुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धिरेन्द्र राजवंशी निर्वाचित भएको संघले जनाएको छ ।
निर्वाचित केन्द्रिय सदस्य मध्ये तेज बहादुर विष्ट, निराजन श्रेष्ठ र विन्दु थापा मगर गण्डकी प्रदेशका हुन् ।
