शारीरिक सुगठनका स्वर्णधारी ललितको स्वागत

पोखरा स्पोर्टस । माल्दिभ्सको मालेमा भएको १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन् । उनलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङले परिषदमा स्वागत गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ललितलाई सफलताका लागि बधाइ दिदै भने– ‘कठोर परिश्रमका कारण तपाईंले सफलता प्राप्त गर्नु भयो । राष्ट्रिय खेलकुद परिषद्, शारीरिक सुगठनको मात्र नभइ सिंगो देशको शिर उचो बनाउनु भएको छ । सफलतका लागि हार्दिक बधाइ ।’

त्यसअघि नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, शुभ चिन्तकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ललितलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए ।

असार २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा ललितले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । मिस्टर हिमालय उपाधि विजेता ललितको स्पर्धामा ६ खेलाडी सहभागी थिए । आफ्नो स्पर्धामा स्वर्ण जितेका ललितले ओभरअल च्याम्पियन मि. दक्षिण एशियाको उपाधिको लागि पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । ओभरअलमा भारतीय खेलाडी च्याम्पियन बने ।

दक्षिण एशियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम माल्दिभ्स अन्तराष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भने ललित १० औं स्थानमा रहे । खुला तौलसमूहको प्रतिस्पर्धामा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इरानका खेलाडीले बाजी मार्दै ५ हजार अमेरिकी डलर पुरस्कार जिते ।

प्रतियोगिताको अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास रहेका छन् । प्रतियोगितामा दिनेश श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close