यू–१६ क्रिकेट छनौटः तनहुँको पहिलो जित, बाग्लुङको दोस्रो हार

पोखरा स्पोर्टस । तनहुँ यू–१६ बुधबार भएको गण्डकी प्रदेश पुरुष यू–१६ क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत जारी लिग खेलमा बागलुङलाई ४ विकेटले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गराएको छ । यो सहित बाग्लुङको देस्रो हार हो भने तनहुँको पहिलो जित । तनहुँले जित संगै २ अंकसहित तालिकामा खाता खोलेको छ । 

१५ ओभरको खेलमा १०४ रनको लक्ष्य पछ्याउँदै तनहुँले १३.४ ओभरमै १०४/६ रन बनाएर खेल आफ्नो पक्षमा पार्‍यो । कप्तान सुप्रिम सुनारले अविजित ५५ रन बनाउँदै टिमलाई जितसम्म पुर्‍याए ।

पहिले ब्याटिङ गर्दै बागलुङले १५ ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनायो । रमित कँडेलले २७ बलमा ३४ रन बनाए भने अतित नेपालीले १४ बलमा २२ रन जोडे । यद्यपि बागलुङको ब्याटिङ तनहुँको कसीला बलिङका अगाडि प्रभावकारी देखिएन ।

तनहुँतर्फ कप्तान सुप्रिम सुनारले २ ओभरमा १० रन दिएर २ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । सौरभ कुशवाहा, बर्दन यादव, अंकित झा, र सुभम पौडेलले पनि एक/एक विकेट लिए ।

लक्ष्य पछ्याउन उत्रेको तनहुँले सुरुवातमै केही विकेट गुमायो । तर कप्तान सुप्रिम सुनारले ४० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको अविजित इनिङ खेलेर टोलीलाई जितसम्म पुर्‍याए । उनी म्यान अफ दि म्याच समेत घोषित भए ।

बागलुङतर्फ सचिन आचार्यले २ विकेट लिए भने रमित कँडेल, कृष केसी, अविनाश श्राफ र आर्यसिद्धि सापकोटाले एक÷एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close