एसिया यू–२० रग्बी महिला तथा पुरुष खेलाडीको घोषणा

पोखरा स्पोर्टस । एसिया यू–२० रग्बी च्याम्पियनसिपका लागि महिला तथा पुरुष खेलाडीको घोषणा गरिएको छ ।

नेपाल रग्बी संघले २० महिला तथा २० पुरुष खेलाडी गरी ४० खेलाडीको नाम शुक्रबार घोषणा गरेको हो । गत आइतबार देखि पोखरामा भएको छनौट खेलमा सहभागि महिला तथा पुरुष ३५–३५ खेलाडीबाट २०–२० खेलाडीको नाम सार्वजनिक गरिएको गण्डकी प्रदेश रग्बी संघका अध्यक्ष कुमार थिङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

छनौट हुने महिला खेलाडीमा मकवानपुरबाट ज्योती बम्जन, मनिषा पाख्रिन र शुष्मा घिसिङ, सर्लाहीका पुष्पा खडका र रोशना पोखरेल, पाँचथरका सुजा राई, रेनुका तुम्वापो र सम्झौता तुम्वापो, उदययुरका सुसिला सुनुवार र कमला राई, काठमाण्डौका सलिना श्रेष्ठ र निरजरा लावत, सिन्धुपाल्चोकका पृया तामाङ र सन्ध्या तामाङ, बर्दिया यशोदा बोहोरा र रेशमा चौधरी, बाँकेकी आरुषी भट्टराइ, आशिका अधिकारी (चितवन), रोजिना साम्वा (इलाम) र बागलुङकी सृजना छन्त्याल रहेका छन् ।

त्यसै गरी पुरुषतर्फ काठमाण्डौबाट ४ जना खेलाडी रहेका छन् । जसमा रोहन डंगोल, आदेश डंगोल, विशन श्रेष्ठ र सहन डंगोल रहेका छन् । त्यस्तै महेश सुनार (बर्दिया), शुसन आले (नवलपुर), चन्द्र देव जोशी (कन्चनपुर), मनोज ताम्रकार (सुर्खेत), सन्दिप कुमार राई (पाँचथर), मनिष हिङमाङ (इलाम), विराश रेग्मी (इलाम), उदयपुरका नविन बहादुर मगर र प्रशान्त कामती, सर्लाहीका रोशन वमजन र एम्प चौधरी, मकवानपुरका अबी राई, पर्साका विशेक बछार र अभिषेक थापा, गोर्खाका गणेश बाँनिया रहेका छन् ।

छनौट भएका खेलाडीहरुको बन्द प्रशिक्षण पोखरामा नै हुने रग्बी संघले यस अघि नै जनाइसेकेको छ । एसिया रग्बी यू–२० च्याम्पियनसिप काठमाण्डौमा आगामी भदौ २ र ३ गते आयोजना हुने तय भइसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close