
पोखरा स्पोर्टस । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को साधारण सभामा सहभागि हुने नेपाल ओलम्पिक कमिटि (एनओसी)का अधयक्ष जिवनराम श्रेष्ठ , महासचिव निलेन्द्रराज श्रेष्ठ र एनओसी कोषाध्यक्ष रतन टन्डन थाइल्यण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

उनीहरु बिहिबार बैंकक प्रस्थान गरेको एनओसीले जानकारी दिएको हो । ओसिएको ४२ औं साधारण सभा यहि ८ र ९ जुलाईमा हुँदैछ । ओसिएको साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
बैंकक प्रस्थान गर्नु अघि पोखरा स्पोर्टस संग कुरा गर्दै एनओसीका महासचिव श्रेष्ठले नेपालले ओसिएको साधारण सभामा उम्मेदवारी दिने बताए । उनले भने–“एनओसी अध्यक्षज्यूले ओसिएको सदस्यका लागि उम्मेदवारी दिने तय भएको छ । हामी त्यसैको तयारीका लागि समेत बैंकक जाँदैछौं ।”
उक्त साधारण सभामा ४५ देशका प्रतिनिधिहरु सहभागि हुँदैछन् ।
