यि हुन ३ भारतिय भलिबल खेलाडी गण्डकीको पुरुष टिमबाट खेल्ने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशले प्रदेशको टिमलाई बलियो बनाउन ३ भारतिय भलिबल  खेलाडीहरुलाई भित्राएको छ ।

नेपाल भलिबल संघको आयोजना यहि असार २३ गतेबाट सुरु हुने सातौं प्रधानमन्त्री कप–एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि भारतिय खेलाडी भित्राएको हो । नेपाल भलिबल संघल बनाएकोे प्रावधान अनुसार तिन जना विदेशी खेलाडी टिममा समावेश गरिएको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले जनाएका छन् ।

टिममा समावेश गरिएका तिन भारतिय खेलाडीहरु सबै केरलाका हुन् । इविन जोसे, कुमार थरुन ग्वाडा र नविन कन्चन रहेका छन् ।

भारतको जुनियर टिम क्याम्पमा सन २०१६ मा समावेश रहेका इविन सन २०१७ मा भारतिय विश्वविद्यालय टिममा समेत समावेश थिए । उनी २०२२ मा केरला प्रदेशको सिनियर टिममा समावेश थिए भने २०२२ मा अल इन्डिया युनिभर्सिटी टिम च्याम्पियन हुँदा उनी टिमको सदस्य थिए । उनले सन २०२२ मा सम्पन्न प्राइम भलिबल लिग सिजन २ अन्तर्गत भएको प्रतियोगितामा इमर्जिङ प्लेयरको उपाधि समेत हात पारेका थिए ।

टिमका अर्का सदस्य थरुन । दुवईमा सम्पन्न एसियन भलिबल लिग टिमका सदस्य हुन् भने सारजहमा भएको रामदान भलिबल लिगका विजेता टिमका सदस्य । इन्डियन प्राइम भलिबल लिग १ र २ का विजेता टिमका सदस्य समेत रहेका थरुन खेलो इन्डिया युनिभर्सिटी २०२१ मा काश्य पदक र सन २०२३ मा रजत पदक विजेता रहेका थिए । त्यस्तै सन २०२२ मा दुवईको एक प्रतियोगितामा विजेता टिमको सदस्य समेत रहेका उनी सन २००२ मा कर्नाटकमा भएको राष्ट्रिय प्रतियोगिताको भलिबल टिममा सदस्य समेत रहेका थिए ।

गण्डकी प्रदेश टिममा समावेश नविन कन्चन अनुभवी खेलाडी मध्येका एक हुन् । उनले लगातार तिन पटक भारतिय सिनियर लिग खेली सकेका छन् । सन २०१९, २०२१ र २०२२ मा उनले राष्ट्रिय लिगमा सहभागिता जनाएका थिए । उनले अल इन्डिया युनिभर्सिटी च्याम्पियनसिपमा समेत खेलेको अनुभव संगालेका छन् । सन २०२०, २०२२ र २०२३ मा उनले अल इन्डिया युनिभर्सिटी च्याम्पियनसिप खेलेका थिए ।

त्यस्तै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेको अनुभव समेत संगालेका छन् । सन २०१८, २०२२ र २०२३ मा दुवईमा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता र सन २०१८ मा कुवेतमा खेलेका थिए ।

तिन भारतिय खेलाडीको समावेश हुनुले गण्डकीको टिम बलियो हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष गुरुङले जनाए । “हामीले अनुभवी खेलाडीहरु टिममा समावेश गरेका छौं । दिसेम्वरमा आयोजना हुने काभा च्याम्पियनसिपको यात्रा अझै सहज हुनेछ” उनले भने ।

गण्डकीको पुरुष टिमखोम प्रसाद ‘हरि’ पाण्डे (कप्तान), राजन दलार्मी मगर, सजन चोखाल, विवस आले मगर, दिपक मल्ल ठकूरी, हिमाल सुनारी, इन्द्र बहादुर विक, रवि केसी, घनश्याम चौधरी, कन्चन नविन मन्जुनाथ, कुमार थरुन ग्वाडा, इविन जोसे रहेका छन् ।

यसै गरी टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जीवन भण्डारी र टिम व्यवस्थापकमा कुन्जन शाही रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close