
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष हरिकुमार श्रेष्ठले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
दुई वर्ष अघि उपाध्यक्ष पदमा निर्वाचित श्रेष्ठ व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएको संघका महासचिव टहलसिंह थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
आफ्नो राजिनामा बारे पोखरा स्पोर्टस संग कुरा गर्दै श्रेष्ठले टिमवर्क नमिलेको कारण आफू पदबाट राजिनामा दिए बताए । उनले भने–“टिमवर्क मिलेन अनि मैले राजिनामा दिए” उनले थपे–“कुनै पनि विषय संस्थागत हुनुपर्ने थियो । त्यो हुन सकेन । मैले पटक–पटक सो बारे पटक–पटक आग्रह पनि गरे ।”
संस्थाका कमि कमजोरीहरु केलाउँदै अघि बढ्नुपर्ने आफ्नो पटक–पटकको आग्रह समेत नसुनिएको जनाउँदै आफ्ना लागि भलिबल खेलको विकास संगै खेलाडीहरुको हित तथा संस्थाको विकास प्रमुख विषय रहेको उनले औंल्याए ।
ग्ण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङ व्यवसायिक कारणले जापानमा रहेकोले उपाध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।
श्रेष्ठले उपाध्यक्ष पदबाट राजिनामा दिए संगै संघको कार्यबाहक उपाध्यक्षको जिम्मेवारी कार्यसमिति सदस्य राजेन्द्र जिशीलाई दिइएको महासचिव थापाले जानकारी दिए ।
