गण्डकी प्रदेश भलिबललाई विभिन्न व्यक्तिहरुले  गरे  सहयोग

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको महिला तथा पुरुष भलिबल टिमलाई स्वदेश तथा विदेशबाट विभिन्न व्यक्तिहरुले  गरे  सहयोग गरेका छन् । सातौं प्रधानमन्त्री कप–एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग तयारी तथा व्यवस्थापनका लागि उनीहरुले नगद ३ लाख सहयोग गरेका हुन्  ।

गण्डकी प्रदेश भलिबल संघको आह्वानमा उक्त रकम संकलन गरिएको अध्यक्ष नविन कुमार गुरुङले जनाए  । यहि २३ गते देखि ३० गते सम्म काठमाण्डौमा हुने प्रतियोगिताका लागि देश विदेशमा रहेका संघका सल्लाहकारहरु, समाजसेवी तथा  खेलप्रेमीहरुले स्वदेश तथा विदेशबाट स्वत्त–स्फूर्त रुपमा सहयोग गरेको अध्यक्ष गुरुङले पोखरा स्पोर्टलाई जानकारी दिए ।

पुरुष टिमतर्फ तिन विदेशी खेलाडीसहित प्रतियोगिताको तयारी गरेको गण्डकी प्रदेश भलिबल संघले टिम ब्यवस्थापनका लागि सहयोग संकलन गर्नुपरेको जनाएको छ । गण्डकी प्रदेशको महिला र पुरुषतर्फ दुवै टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्न टिम यहि असार २२ गते काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम तय भएको अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङले सहयोगी मनहरु प्रति आभार व्यक्त गर्दै गण्डकी प्रदेशको टिमको हौसला संगै मनोवल उच्च बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

गण्डकी प्रदेश भलिबल संघका सल्लाहकार राजु केसीले ५० हजार नगद सहयोग गरेका छन् । त्यस्तै संघका सल्लाहकारहरु मनोज केसी, सुवास लामिछाने, रामु थापा (काजी) र विकास रानाले जनही नगद रु २०/२० हजार सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

सहयोग गर्नेहरुमा समाजेवी महेन्द्र साहानी (जापान), टाइगर ग्रुप अफ नेपाल जापान शाखाका अध्यक्ष चन्द्र खत्री, समाजसेवी हिमाल कंडेल (जापान), मुक्तीराज रेग्मी (चिवा अध्यक्ष, एनआरएनए जापान) तथा कर्साङ तामाङ (अध्यक्ष, नेपाल तामाङ समाज, जापान)ले जनही नगद रु २०/२० हजार सहयोग गरेका छन् ।

त्यस्तै जनही नगद १०/१० हजार सहयोग गर्नेहरुमा रमेश कुमार खत्री (अध्यक्ष तमु धिं जापान), नवीन निउरे (वरिष्ठ उपाध्यक्ष एनआरएनए जापान), विजय थकाली (अध्यक्ष, एनभिए जापान), ददिवाल खड्का (एनआरएनए, जापान), श्री गुरुङ (संस्थापक अध्यक्ष पश्चिमाञ्चल भलिबल संघ), बुद्ध बस्नेत (अध्यक्ष नेपाल भलिबल संघ, जापान), पृथ्वी खत्री (टाइगर ग्रुप अफ पोखरा नेपाल जापान शाखा कोषाध्यक्ष) र केशव सुवेदी (कोषाध्यक्ष नेपाल भलिबल संघ जापान),रहेका छन् ।

संघले एन.भि.ए.महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका टिमको घोषणा गरिसकेको छ । गण्डकी प्रदेशको पुरुष टिम खोम प्रसाद ‘हरि’ पाण्डेको कप्तानीमा र महिलातर्फ अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close