लोकतान्त्रिक खेलकुद संघले माग्यो राखेप सदस्य सचिवको राजिनामा

पोखरा स्पोर्टस । वर्तमान गठबन्धन सरकार निकट नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको राजिनामा मागेको छ ।

संघले मंगलबार काठमाण्डौ एक पत्रकार सम्मेलनको आयोजना गरी सदस्य सचिवको राजिनामा मागेको हो । खेलकुद भित्र बढ्दै गएको वेथिती, अनियमितता तथा खेल संघ भित्र बढ्दै गएको हस्तक्षेप रोक्न माग गर्दै संघले यथासिघ्र मार्ग प्रशस्त गर्न सदस्य सचिवलाई भनेको छ ।

संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“भ्रष्टाचार मुक्त संघ समाज र पारदर्शिता सबै नेपालीको चाहना नै हो । यस संघले वेथिती, अनियमितता तथा खेल संघ भित्र बढ्दै गएको हस्तक्षेप छानविन गर्न माग गर्दै खेलकुद विगतमा झैं दुई पार्टीको नेतृत्वमा नपरोस भन्दै सदस्य सचिवलाई मार्ग प्रशस्त गर्न माग गर्दछौं ।”

नवौं राष्ट्रिय खेलकुदमा भएको अनियमितता, लगायत खेलाडी, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी समेतको संख्या, पोशाक, खेल सामाग्री, समारोह, बसोबास, यातायात, खेलस्थल व्यवस्थापन लगायत समितिहरुले खर्च गरेको विवरण र निर्णय सहितको खर्च विवरण तुरुन्त सार्वजनिक माग गर्दै संघले सरकारबाट प्राप्त अनुदानको खर्च विवरण ४५ दिन भित्र सार्वजनिक गर्न समेत माग गरेको छ ।

साथै खेलाडीहरुको खेलस्तरको मापनको प्रशिक्षण र सहभागी प्रतियोगिताको सफलताबाट बुझिने तर परिषद्ले राज्यबाट दिईएको उपदान माथीको स्वेच्छारी खर्च, अनियमितता र भ्रष्टाचारको मियो नमुना बनेको जनाएको छ । यसका साथै १९ औं एशियन गेम्सको छनौट र तयारी भनि नेपालीहरुको प्रमुख चाड दशै र तिहारको विचमा पर्ने गरि गरिएको नवौं राष्ट्रिय खेलकुद २०७९ प्राविधिक साँस्कृतीक रुपले पनि सान्दर्भिक नभएको जनाउँदै एउटा उद्धेश्य देखाई गरिएको भ्रष्टाचार क्षम्य नहुने विज्ञप्तीमा भनेको छ । यसको पुष्टाई र छानविन गर्न सम्वन्धित निकाय लाई समेत आग्रह गरिएको छ ।

१९ औं एशियन गेम्सको बन्द प्रशिक्षण, बैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीहरुको औचित्य पुष्टाई गर्न संघले आग्रह गर्दै भनेको छ–“खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन आफ्नो खर्चमा बस र ट्रेनबाट जान्छन् तर खेलकदको समस्या समाधान र विकास गर्न भनि आएका सदस्य सचिव सरकारी खर्चको दुरुपयोग गर्दै मासिक २ लाख ६३ हजारको भाडाको गाडी चढि हिड्छन् । यस्ता खर्चलाई खेलाडीको हक हितमा प्रयोग गरेर खेलाडीको क्षमता वृद्धि गर्ने कार्यमा लगाइयोस् ।”

विज्ञप्तीको पूर्ण पाठ
नेपाल लोकतान्त्रिक खेलकुद संघ
केन्द्रीय कार्यालय
नेपाल लोकतान्त्रिक केन्द्रीय, सेलेक्ट काठमाडौँ कार्यालय 

मितिः२०८०-०३-१९
आदरणिय पत्रकार साथीहरु
जय नेपाल, नमस्कार

प्रेश बिज्ञप्ती

नेपाल लोकतान्त्रीक खेलकुद संघ राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्श प्रती प्रतिबद्ध रहि खेलकुदको माध्यमबाट खेलाडीहरुमा रहेको अन्तरनिहित सृजनात्मक प्रतिभाहरुको उजागर गर्न, खेलाडीहरुको हकहित र अधिकारको सुनिश्चित गरि राष्ट्रिय एकताको रुपमा खेलकुदलाई विकास गर्न, खेलकुदमा देखिएका बिकृती बिसंगतीको बिरुद्ध खरो रुपमा उत्रदै खेलकुदको माध्यमबाट अन्तराष्ट्रिय खेल जगतमा नेपालको पहिचान बनाउने उद्धेश्यले नेपाली काँग्रेशको एक भातृ संगठनको रुपमा गठन भएको विशुद्ध खेल संघ हो ।

पत्रकार साथीहरु,

खेलाडीहरुको खेलस्तरको मापन उसको प्रशिक्षण र सहभागी प्रतियोगिताको सफलताबाट बुझिन्छ तर वर्तमान परिषद्को मापन राज्यबाट दिईएको उपदान माथीको स्वेच्छारी खर्च, अनियमितता र भ्रष्टाचारको मियो नमुना भै बनेका छन् । १९ औं एशियन गेम छनौट र तयारी भनि नेपालीहरुको प्रमुख चाड दशै र तिहारको विचमा पर्ने गरि गरिएको नवौं राष्ट्रिय खेलकुद २०७९ प्राविधिक साँस्कृतीक रुपले पनि सान्दर्भिक थिएन । एउटा उद्धेश्य देखाई गरिएको भ्रष्टाचार क्षम्य छैन–हुँदैन । यसको पुष्टाई र छानविन गर्न सम्वन्धित निकाय माथी हार्दिक अनुरोध गर्दछु ।

हाम्रा मागहरु

१। नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी समेतको संख्या, पोशाक, खेल सामाग्री, समारोह, बसोबास, यातायात, खेलस्थल व्यवस्थापन लगायत समितिहरुले खर्च गरेको विवरण र निर्णय सहितको खर्च विवरण तुरुन्त सार्वजनिक गरियोस

२। १९ औं एशियन गेम्सको बन्द प्रशिक्षण, बैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीहरुको औचित्य पुष्टाई गरियोस् 

३। आर्थिक वर्ष २०८०र८१ को लागि नेपाल सरकारबाट प्राप्त खेलकुदको बजेट अत्यन्त कम रहेको सरकारलाई ध्यानाकर्ष गराउँदै उत्त बजेट माथी खेलगत असन्तुलित रकम व्यवस्थापनको विरोध गर्दै औचित्य र यथार्थ माथी संघलाई दिने रकम विनियोजन होस् राज्य र खेलकुद परिषद्बाट बर्षमा एक पटक एक खेलको अनिवार्य राष्ट्रिय प्रतियोगिता गर्ने व्यवस्था
मिलाईयोस ।

खेलाडीहरु अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन आफ्नो खर्चमा बस र ट्रेनबाट जान्छन् तर खेलकदको समस्या समाधान र विकास गर्न अनि आएका सदस्य सचिव सरकारी खर्चेको दुरुपयोग गर्दै मासिक २ लाख ६३ हजारको भाडाको गाडी चढि हिड्छन् । यस्ता खर्चलाई खेलाडीको हक हितमा प्रयोग गरेर खेलाडीको क्षमता वृद्धि गर्ने कार्यमा लगाइयोस् ।

६। हाल प्राविधिक जनशक्तिको अत्याधिक कमीले बर्तमान अवस्था र भविष्यमा खेल क्षेत्र अत्यन्त संकट ग्रस्त रहने हुँदा प्राविधिक जनशक्तिको उचित व्यवस्थापनको नेपाल लोकतान्त्रीक खेलकुद संघ माग गर्दछ ।

७।बृहद खेलकुद होस वा अन्तर्राष्ट्रिय बृहद सहभागितामा सरकारबाट प्राप्त अनुदानको खर्च विवरण ४५ दिन भित्र सार्वजनिक होस् । पेश्की फर्छयौट गर्ने समिति मन्त्रालयबाट गठन भएको र गरिएको कार्यको नेपाल लोकतान्त्रीक खेलकुद संघ हार्दिक स्वागत गर्दछ ।

८। खेल क्षेत्रमा संवैधानिक सर्वोच्चता र कानुनी राज्यको पालना होस् ।

९। खेल संघ गठनको अन्तर्राष्ट्रिय मान्यता भनि संविधान संग बाझिने ऐनको व्यवस्था खारेज गरियोस् ।

१०। खेलकुद नीति, खेलकुद ऐनको विषयमा परिषद् (सरकार समक्ष तुरुन्त गोष्ठी वा छलफलको व्यवस्था मिलाईयोस्

११। राष्ट्रिय खेल संघको वैद्यता, गठन, विघटन, निर्वाचन माथी परिषद्को अवैध हस्तक्षेप बन्द गरियोस् । संघसंचालन र विधीको कानुनी व्यवस्था गरियोस्  ।

अन्तमा,

भ्रष्टाचार मुक्त संघ समाज र पारदर्शिता सबै नेपालीको चाहना नै हो । यस संघले उल्लेखित बुँदा माथी शिघ्र छानविन गर्न माग गर्दै खेलकुद विगतमा भै दुई पार्टीको नेतृत्वमा नपरोस भन्दै सदस्य सचिवलाई मार्ग प्रशस्त गर्न माग गर्दछौं ।

उपस्थित सम्पूर्ण पत्रकारजन र साथीहरुमा हार्दिक धन्यवाद । जय नेपाल ।

जय नेपाल 
देबेन्द्र कुमार शेरचन
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close