स्याङजामा ३ किमि खुला दौड प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । स्याङजाको पुतलीबजार नगरपालिकामा ३ किमि महिला तथा पुरुष खुला सडक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना भएको उक्त प्रतियोगितामा पुरुषतर्फ सन्देश रोकाहा र महिलातर्फ जानकी खराल प्रथम भएका छन् । समितिले वार्षिक कार्यक्रम अनुसार आयोजना गरेको प्रतियोगिता पुरुषतर्फ याम बहादुर केसी र तेश्रो स्थान प्रवेश केसी हुन सफल भए ।

त्यसै गरी महिलातर्फ चन्द्रकला खराल दोश्रो भइन् भने तेश्रो स्थान ममता सारु भएकी छन् ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने महिला तथा पुरुष खेलाडीहरुलाई क्रमश जनही नगद रु ७ हजार, ५ हजार र ३ हजारका साथमा मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा समिक्षा घर्तीमगर, मनिषा घर्ती मगर, प्रभा केसी, धन बहादुर गाहा र शक्ती थापाले सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई जनही नगद ५ सयका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेता खेलाडीहरुलाई पूर्व संघिय सांसद नारायण मरासिनी, प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङ लगायतले नगद, पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी प्रसाद गुरुङ ‘मोहन’को अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close