महिला अधिकारकर्मीहरु पोखरा रंगशालामा दौडने

पोखरा स्पोर्टस । महिला अधिकारकर्मीहरु पोखरा रंगशालामा दौडने भएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीले उनीहरुलाई लक्षित गर्दै दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । पोखरा रंगशाला यहि असार २२ गते महिला अधिकारकर्मीहरुका विच दौड प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताकी संयोजक तथा परिषदकी कार्यकारी सदस्य तारा मायाँ थापा मगरले जानकारी दिएकी छन् ।

परिषदले आफ्नो वार्षिक योजना अनुरुप पहिलो पटक महिला अधिकारकर्मी लक्षित दौड प्रतियोगिता आयोजना गरेको संयोजक थापाले बताइन् । जोखिम मोलेर महिला अधिकारकर्मीहरु आफ्नो क्षेत्रमा कार्य गरिरहेकोले उनीहरुलाई खेलकुदमार्फत थप उत्साहित बनाउन प्रतियोगिताआयोजना गरिएको  उनको भनाई थियो ।

प्रतियोगितामा गण्डकी प्रदेश भित्रका महिला अधिकारको क्षेत्रमा कार्यरत २२ विभिन्न संस्थाका ४५ भन्दा वढि महिलाहरुको सहभागिता हुने उनले जानकारी दिइन् ।

दौड प्रतियोगितामा पहिलो हुनेलाई नगद ७ हजारका साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो, तेश्रो र सान्त्वना हुनेलाई क्रमश नगद रु ५ हजार, ३ हजार र १ हजारका साथमा मेडल तथा प्रमाण प्रदान गरिनेछ ।

उक्त प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले उद्घाटन गर्ने कार्यक्रम तय भएको परिषदले जनाएको छ । उक्त प्रतियोगिता महिला अधिकार रक्षक सञ्जालको समन्वयमा हुने भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close