मोर्डन पेन्टाथलनमा गण्डकीका नवराजलाई स्वर्ण

पोखरा स्पोर्टस । कोशी प्रदेशको इटहरीमा आयोजना मोर्डन पेन्टाथलनमा गण्डकीका नवराज गुरुङले स्वर्ण पदक जितेका छन् ।

मोर्डन पेन्टाथलोन फेडेरेसन कोशी प्रदेशले यहि असार १५ र १६ गते सञ्चालन गरेको प्रतियोगितामा उनले स्वर्ण पदक जितेका हुन् । उनले खुल्ला इभेन्टमा स्वर्ण जितेका थिए । प्रतियोगितामा कोशी प्रदेश लेजर रनमा ११ स्वर्ण पदकसहित प्रथम भएको मोर्डन पेन्टाथलन संघ गण्डकी प्रदेशकी अध्यक्ष कविता अर्यालले जानकारी दिएकी छन् ।

कूल २७ पदकका लागि भएको प्रतिस्पर्धामा लेजर रनतर्फ ११ स्वर्ण, १० रजत तथा ८ कास्य पदक सहीत कोशी प्रदेश प्रथम, ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक सहित बागमती प्रदेश दोस्रो भएको छ भने १ स्वर्ण सहित गण्डकी प्रदेशले तेस्रो स्थान हात पार्न सफल भएको छ ।

प्रतीयोगीतामा पुरुष तर्फ बिमान सिंह तामाङ प्रथम, दिपक कार्की दोस्रो र शैलेन्द्र मान श्रेष्ठ तेस्रो भएका छन भने महिलातर्फ कोशी प्रदेशका शर्मिला लामा र मिना बस्नेत प्रथम र द्वितिय भएका छन भने बागमती प्रदेशकी लाखे मारु तेस्रो भएकी छन् ।

मोर्डन पेन्टाथलनमा ५  इभेन्ट्स १ डिसिप्लिन अन्तर्गत रनिङ, सुटिङ, स्विमिङ, फेन्सीङ र हर्स राइडिङका खेल समावेश हुनेमा आयोजकले दुई वटा इभेन्ट समावेश गरी रनिङ र सुटिङको लेजर रनमा प्रतिस्पर्धा गराएको थियो ।

बिजयी खेलाडी तथा टिमहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, मोर्डन पेन्टाथलोन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य सपना परियार, निवर्तमान उपसभामुख सरस्वती पोखरेल, मोर्डन पेनटाथलन संघका महासचिव यादव बस्नेत, गण्डकी प्रदेशकी अध्यक्ष कविता अर्याल, कोशी प्रदेश अध्यक्ष कमलबहादुर विश्वकर्मा (राकेश) लगायतले नगद, ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेश बाहेक ६ वटा प्रदेशको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close