
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय शिक्षकहरुका लागि ६ दिने खेलकुद प्रशिक्षण सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले वार्षिक योजना अनुरुप उक्त प्रशिक्षण आयोजना गरेको हो । परिषदले खेल शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न यस प्रकारको प्रशिक्षण दोश्रो पटक आयोजना गरेको हो । गत वर्ष समेत परिषदले खेल शिक्षकहरुलाई खेल विज्ञान सम्वन्धि प्रशिक्षण प्रदान गरेको थियो ।

तिन दिने प्रशिक्षणमा प्रदेशका १० जिल्लाका १९ जना खेल शिक्षकहरुको सहभागिता रहेको प्रदेश खेलकुद परिषदकी सदस्य एवं कार्यक्रमकी संयोजक निर्मला बरालले जानकारी दिइन् ।
सहभागि खेल शिक्षकहरुलाई एक कार्यक्रमका विच प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्माले प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै उपाध्यक्ष गुरुङले आफूले सिकेको शिपलाई व्यवहारमा उर्तान र विद्यालय खेल उत्पादन गर्ने थलो समेत भएकोले त्यसतर्फ ध्यान केन्द्रित गर्न सहभागि खेल शिक्षकहरुलाई आग्रह गरे ।
खेल शिक्षकहरुलाई गण्डकी विश्व विद्यालयका उपप्रध्यापक डा.मधुसुदन सुवेदी, उपप्रध्यापक आशिष आचार्य, उपप्रध्यापक सुरेश थापा तथा राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका विभिन्न ६ खेलका प्रशिक्षकहरुले प्रशिक्षण दिएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
