
पोखरा स्पोर्टस । चिनको हाङझावमा हुने एसियाड र एसिया रग्बी यू–२० च्याम्पियनसिपको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ ।
नेपाल रग्बी संघका अनुसार यहि असार १७ गतेबाट पोखरामा छनौट संगै बन्द प्रशिक्षण हुने भएको हो । यसियाडका लागि १५ जना पुरुष खेलाडी छनौट गरिसकेको संघले एसिया रग्बी यू–२० च्याम्पियनसिपको अन्तिम छनौट पोखरामा गरिने तय भएको संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले पोखरा स्पोर्टसलाई बताए । उनका अनुसार एसिया यू–२० रग्बी च्याम्पियनसिपको छनौट प्रक्रिया यहि असार १७ गतेबाट सुरु हुने छ ।
गत असार १० गते १९ औं एसियाली खेलाडी खेलकुदका लागि १५ जनाको नाम घोषणा गरेको संघले खेलाडीहरुको बन्द प्रशिक्षण समेत पोखरामा राखेर पोखरालाई रग्बीको हव बनाउने योजना समेत बुनेको छ । “रग्बी खेलका लागि पोखरा राम्रो सम्भवना भएको ठाउँ हो”, वरिष्ठ उपाध्यक्ष गिरीले भने–“पोखरामा यो खेलको भविष्य उज्जवल देखेर नै हामीले बन्द प्रशिक्षण पोखरामा गर्ने निधो गरेका हौं ।
एसिया यू–२० रग्बीका लागि महिला तथा पुरुष खेलाडीसहित ७५ जनाको टोली पोखरा आउने तय भएको वरिष्ठ उपाध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार पोखरामा चार दिनको छनौट पछि महिला २० र पुरुष २० जना गरी कूल ४० जना खेलाडीको अन्तिम छनौट गरिने छ । एसिया रग्बी यू–२० च्याम्पियनसिप काठमाण्डौमा आगामी भदौ २ र ३ गते आयोजना हुँदैछ ।
एसियाडमा जाने १५ खेलाडी र एसिया यू–२० का लागि अन्तिम छनौटमा पर्ने ४० जना खेलाडी गरी कूल ५५ जना खेलाडीहरु करिव दुई महिना पोखरामा बन्द प्रशिक्षणमा रहनेछन् ।
गत असार १० गते १९ औं एसियाली खेलाडी खेलकुदका लागि १५ जनाको नाम घोषणा गरेको संघले खेलाडीहरुको बन्द प्रशिक्षण समेत पोखरामा राखेर पोखरालाई रग्बीको हव बनाउने योजना समेत बुनेको छ । “रग्बी खेलका लागि पोखरा राम्रो सम्भवना भएको ठाउँ हो”, वरिष्ठ उपाध्यक्ष गिरीले भने–“पोखरामा यो खेलको भविष्य उज्जवल देखेर नै हामीले बन्द प्रशिक्षण पोखरामा गर्ने निधो गरेका हौं ।”
पोखरा आफै पनि सुन्दर र खेलकुदको राम्रो पूर्वाद्धार भएको ठाउँ भएको बताउँदै गिरीले भने–“रग्बीको विकास, पूर्वाद्धारको विकास र पर्यटकिए नगरी भएका कारण यसको छिटो प्रचार प्रसार । यि सबै कुराले पोखरालाई रोजेका छौं ।”
नवौं राष्ट्रिय खेलकुद पछि पहिलो पटक यति ठूलो संख्यामा रग्बी खेलाडीहरु पोखरा आउने भए संगै कास्की रग्बी संघले समेत आफ्नो तयारी गर्ने भएको छ । कास्की रग्बी संघले केही खेल गतिविधिहरु सञ्चालन गरिरहेको बताउँदै अध्यक्ष सुवास खड्काले बन्द प्रशिक्षणका लागि समेत विगतमा जस्तै गरी उत्कृष्ट व्यवस्थापन गर्न तयार रहेको बताए ।
