एसियाली खेलकुद : चार भारोत्तोलन खेलाडी छनोट

पोखरा स्पोर्टस । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन् ।

अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका हुन् ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए ।

यसै गरी महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए ।

एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close