
पोखरा स्पोर्टस । भलिबल खेल विकास र सामाजिक क्षेत्रमा कृयाशिल टाइगर ग्रुप अफ पोखराको जापान शाखा गठन भएको छ ।
जापानको टोकियोमा सम्पन्न भएको सम्पन्न प्रथम अधिवेशनले शाखाको संरक्षकमा श्री गुरुङ र चन्द्र खत्रीको अध्यक्षता ११ सदस्यिय कार्यसमिति गठन गरेको हो । संरक्षक गुरुङ पश्चिमाञ्चल भलिबल संघका संस्थापक अध्यक्ष समेत् हुन् ।
टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा र गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङसहितको उपस्थितीमा सम्पन्न भेलाले उपाध्यक्षमा नबिन कुमार गुरुङ, सचिबमा भिक्टर ठाडा मगर, कोषध्यक्षमा पृथ्बी खत्री, चयन भएको अध्यक्ष शर्माले जनाएका छन् ।
यसैगरी कार्यसमिति सदस्यमा बिपिन के.सी, तेजु के.सी, श्रवण गुरुङ (कान्छा), हिमाल कंडेल, धुर्ब ज्ञवाली, अमृत आर्चाय र टोम गुरुङ रहेका छन् ।
