म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जित्यो बास्केटबल उपाधि

पोखरा स्पोर्टस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित गरेको हो । अन्नपूर्णका केमन सेन्चुरीले २३ अंक जोडे । उपाधिसंगै अन्नपूर्णले १ लाख नगद पुरस्कार हात पारेको छ भने कीर्तिपुरले ५० हजार नगद पुरस्कार पायो । केमन ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए । उनले १० हजार नगद पुरस्कार जिते ।

कीर्तिपुर कभर्डहलमा पहिलो क्वाटरमा २२–१३ को अग्रता लिएको अन्नपूर्ण दोश्रो र तेश्रोमा क्रमशः २०–२३ र २०–२१ ले पछि पर्‍यो । चौथो तथा अन्तिम क्वाटर २६–२४ ले आफ्नो पक्षमा पार्दै अन्नपूर्णले उपाधि पक्का गरेको थियो ।

ललितपुर महानगरपालिकाले नागर्जुन नगरपालिकालाई ९८–९३ ले हराउदै तेश्रो स्थानमा चित्त बुझायो । ललितपुरका प्रनिशले ३० स्कोर गरे । ललितपुरले ३० हजार नगद पुरस्कार हात पार्‍यो ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी, उप मेयर शुभलक्ष्मी शाक्य, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ८ टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close