कास्कीले जित्यो प्रदेशस्तरिय पुरुष कबड्डीको उपाधि

पोखरा स्पोर्टस । कास्कीले गण्डकी प्रदेशस्तरिय पुरुष कबड्डीको उपाधि जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश कबड्डी संघको ब्यवस्थापनमा शनिबार पोखरामा सम्पन्न फाइनलमा कास्कीले उपाधि जितेको हो । फाइनलमा कास्कीले बागलुङलाई २९ का विरुद्ध ३९ अंकले पराजित गरेको हो ।

उपाधि संगै कास्कीले नगद रु २५ हजार हात पारेको छ भने बागलुङले नगद २० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा म्याग्दी र तनहुँ जिल्लाले तेश्रो स्थान प्राप्त गरेका छन् । उनीहरुले जनही नगद रु १०/१० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । आजनै भएको सेमीफाइनलमा बागलुङले म्याग्दीलाई र कास्कीले तनहुँलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा सुपर रेड गरेका कास्कीका दिल बहादुर मगरलाई नगद २ हजार ५ सय प्रदान गरिएको थियो । उनले एक खेलमा एक्लैले ७ अंक बटुलेका थिए ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, परिषदका सदस्य खगेन्द्र क्षेत्री, गण्डकी प्रदेश कबड्डी संघका सचिव हरि जिशीलगायतले नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा कास्की, बागलुङ, नवलपुर, गोर्खा, तनहुँ, स्याङजा, म्याग्दी र पर्वत जिल्ला गरी ८ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close