गण्डकी प्रदेशस्तरिय कबड्डीमा पहिलो चरणका खेल सम्पन्न

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय कबड्डीमा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगतामा पहिलो चरणका ८ खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगितामा बागलुङले नवलपुरलाई ९ का विरुद्ध ६० र गोर्खालाई ३१ का विरुद्ध ५७ अंकले पराजित गर्दै आफ्नो समुहबाट सेमीफाइनलको यात्रा सुरक्षित गरेको छ ।

यस्तै दुई खेल जित्दै कास्की समेत सेमीफाइनलमा आफ्नो यात्रा अघि बढाएको छ । कास्कीले पर्वतलाई १५ का विरुद्ध ४८ ले र स्याङजालाई २ का विरुद्ध ३२ अंकले पराजित गरेको थियो ।

त्यस्तै अन्य खेलमा म्याग्दीले स्याङजालाई १० का विरुद्ध ७० ले, तनहुँले नवलपुरलाई ४७ का विरुद्ध ४९ अकले, म्याग्दीले पर्वतलाई ४७ का विरुद्ध २१ अकले पराजित गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु २५ हजार, उपविजेताले नगद २० हजार र तेश्रो हुने दुई सेमीफानालिष्ट टिमलाई जनही नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

शनिबार सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए ।

गण्डकी प्रदेश कबड्डी संघका अध्यक्ष पवन प्रजापतीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगितामा कास्की, बागलुङ, नवलपुर, गोर्खा, तनहुँ, स्याङजा, म्याग्दी र पर्वत जिल्ला गरी ८ टिमको सहभागिता रहेको गण्डकी प्रदेश कबड्डी संघका सचिब हरि जिशीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा तथा गण्डकी प्रदेश कबड्डी संघको व्यवस्थापनमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close