
पोखरा स्पोर्टस । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन खेलाडी छनोट प्रतिस्पर्धा भएको हो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतिस्पर्धाबाट फाइनल चरणका लागि पुरुष/महिलामा समान १०–१० खेलाडी छनोट भएको आयोजक संघका अध्यक्ष अच्यूत खनालले जनाएका छन् ।
फाइनल प्रतिस्पर्धा शनिबार हुनेछ । फाइनल खेलहरु रविभवनस्थित एक कलेजमा सञ्चालन हुनेछन् ।
फ्रिस्टायल बेस्ट रन स्पर्धा भइरहेको प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी छन् ।
पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
