
पोखरा स्पोर्टस । ‘स्वच्छ प्रकृति स्वस्थ्य जिवन, पोखरा सरसफाई अभियान’ भन्ने मुल उद्धेश्यका साथ गठित हिल हिमालयजले पोखरा रंगशाला सरसफाई गरेको छ ।

‘प्रकृतीलाई पुर्नजिवन, पोखरा रंगशालाको सरसफाई अभियान’ भन्ने उद्घोषका साथ उक्त सरसफाइको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले पोखरा रंगशाला सरसफाई अभियानले नयाँ सन्देश जाने बताउनुभयो । उहाँले भन्नुभयो–“जसरी हामीले १३ औं साग सम्पन्न गर्न दिलोज्यान दिएर काम गरेका थियौं, अव पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन अझै जुझारु भएर लाग्ने छौं ।”

राखेप सदस्य गुरुङले पोखरामा २०७७ फागुन २० देखि हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोभिड–१९ का कारण सर्न सक्ने बताउँदै यहि मंसिर २४ गते काठमाडौंमा हुने बैठकले नयाँ मिती तय गर्न सक्ने बताउनुभयो । उहाँले पोखरा रंगशालाको वाँकी रहेको निर्माणको काम सम्पन्न यथासिघ्र सम्पन्न गर्नुका साथै पोखरा रंगशालाको सुन्दरता बढाउने कार्यका लागि प्रदेश सरकार सँग बजेटको व्यवस्था गर्न समेत छलफल अगाडी बढेको बताउनुभयो ।
सो अवसरमा राखेप सदस्य गुरुङले हिल हिमालयजका अध्यक्ष रोशन गुरुङलाई अभियान सफल बनाउन भन्दै नगद १० हजार ५ सय र पश्चिमाञ्चल क्षेत्रिय खेलकुदकाका निवर्तमान उपाध्यक्ष एवम समाजसेवी सुनिल गुरुङले ५ हजार नगद प्रदान गर्नुभएको थियो ।

हिल हिमालयज पोखराका अध्यक्ष रोशन गुरुङले स्वच्छ प्रकृतिका लागि सरसफाई महत्वपूर्ण रहेको सन्देश दिन खेलाडीका विच पोखरा रंगशाला सरसफाई गरिएको बताउनुभयो । उहाँले संस्थाले सवै विद्यालयमा सरफाई वारे अभियान सञ्चालन गर्ने र पोखरालाई अझै सुन्दर बनाउने तर्फ संस्थाले अभियान थाल्ने बताउनुभयो ।

कार्यक्रममा वुल्स म्यान क्लवका अध्यक्ष नुना गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निवर्तमान उपाध्यक्ष सुनिल गुरुङ, शसस्त्र प्रहरी बलका डिआईजी कृष्ण भक्त व्रम्हचार्य, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका उप निर्देशक कृष्ण तिमिल्सिना तथा विभिन्न खेलकुदका प्रशिक्षकहरु, विभिन्न खेलका खेलाडीहरु समेत सरफाई अभियानमा सहभागी रहेका थिए ।
