
पोखरा स्पोर्टस ।‘खेलकुद सुरक्षा’ विषयक कार्यशालामा सहभागि हुन नेपाल ओलम्पिक कमिटि (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठ युरोपतर्फ प्रस्थान गरेका छन् ।
संयूक्त राष्ट्र संघको लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनडीओसी)को निमन्त्रणामा महासचिव श्रेष्ठ सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । अस्ट्रीयाको भियनामा यहि जुन २० र २१ तारिखमा हुने सो कार्यक्रममा दक्षिण एसियाका देशहरु लक्षित गरिएको महासचिव श्रेष्ठले जनाएका छन् ।
नेपालमा समेत ‘खेलकुद सुरक्षा’का बारे बहश र छलफल चलिरहेको सन्दर्भमा यो कार्यशालामा नेपालले संयूक्त राष्ट्र संघले प्रतिपादित विषयहरुका बारेमा थप अध्ययन गर्न सहज हुने बताए । उनले पोखरा स्पोर्टस संग कुरा गर्दै भने–“नेपालमा समेत ‘खेलकुद सुरक्षा’का बारे वहश र चर्चा सुरु भएको छ । हामीले यस बारे अन्तर्राष्ट्रियस्तरमा भइरहेका विषयहरु सिक्ने अवसरका रुपमा लिएका छौं ।”
दक्षिण एसियाली राष्ट्रहरुलाई लक्षित गरिएको यस प्रकारको कार्यक्रमले आगामी दिनमा आफ्ना विषयहरु आदन प्रदान गर्न र विषयलाई अझै गम्भिरता पूर्वक लागु गर्न सहजता हुने उनको भनाई थियो । “यो विषयको गम्भिरयता रहेको कारणले नै संयूक्त राष्ट्र संघले समेत चासो दिएको छ । हामी पनि नेपालमा खेलकुद भित्र हुने अपारदर्शिता रोक्ने प्रयासमा हामी संग-संगै अगाडी बढ्न साथै सुरक्षित खेलकुदको विषयमा हामीले योजनाहरु अगाडी बढाउन सक्छौं”, उनले भने ।
