अमृतले जिते गण्डकी प्रदेशस्तरिय स्क्वासको उपाधि

पोखरा स्पोर्टस । गोर्खाका अमृत थापाले पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरिय स्क्वासको उपाधि जितेका छन् ।

प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला स्क्वास तथा र्‍याकेट संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा उनले उपाधि जितेका हुन् । नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदकधारी समेत रहेका अमृतले प्रतिद्वन्दी दिपक थापालाई ३–१ को सेटमा पराजित गरेका थिए ।

पहिलो सेट ११–२ ले जितेका अमृतले दोश्रो सेट भने १३–११ ले दिपकलाई सुम्पिए । तेश्रो सेट ११–९ र चौथो ११–७ ले जित्दै उपाधि आफ्नो नाम लेखाए । उपाधि संगै अमृतले नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै दिपकले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगितामा कास्कीका नवराज श्रेष्ठ र प्रयाग जोशीले तेश्रो स्थान हात पारे । उनीहरुले जनही नगद रु ५/५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक रक्सेलामाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद तथा पूर्व खेलकुद मन्त्री राजिव गुरुङ, पूर्व मन्त्री किरण गुरुङ, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङलगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रम संघका अध्यक्ष पूष्पराज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

उक्त प्रतियोगिताको समापन संगै कास्की जिल्ला स्क्वास तथा र्‍याकेट संघले कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुदको तयारीको थालनी समेत गर्ने सचिव प्रविन पालिखेले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close