दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता कार्तिक १९ बाट

पोखरा स्पोर्टस । नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रीक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियोगिता यहि कार्तिक १९ गतेबाट हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० के रोड रेस हुने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गते सम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रातर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रेश बिज्ञप्तीमा जनाईएको छ ।

वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनमा हुने प्रतियोगितामा सिनियर तर्फ पुरुष तथा महिला एकल तथा युगल, पुरुष ३५ बर्ष माथि एकल तथा युगल, ४५ बर्ष माथि एकल तथा युगल, ५५ बर्ष माथि एकल तथा युगल र ६५ बर्ष माथिको एकल रहेको छ । यस्तै जुनियर तर्फ यु ८ छात्र तथा छात्रा एकल, यु ९ छात्र तथा छात्रा एकल, यु १० छात्र तथा छात्रा एकल, यु १२ छात्र तथा छात्रा एकल, यु १४ छात्र तथा छात्रा एकल र खुल्ला छात्र तथा छात्रा युगलमा प्रतिस्पर्धा हुने जानकारी गराइयो ।

पहिलो संस्करणको टेनिस प्रतियोगितामा पुरुष तर्फ आरभ सम्राट हाडा र महिला तर्फ सलोनी तामाङ्ग विजयी भएका थिए । पुरुष युगल तर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले उपाधी उचालेको थियो । ३५ बर्ष माथिको पुरुष युगल तर्फ कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडी, ४५ बर्ष माथिको पुरुष एकलमा विमल कुमार गुरुङ्ग, युगल तर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी विजयी भएका थिए । ५५ बर्ष माथी कमल थापा र छम्ब धोन्दुपको जोडी विजयी भएका थिए ।

३२ लाख लागतको अनुमान गरिएको प्रतियोगितामा पुरुष तथा महिला एकल तर्फका विजयी शिर्ष तीन स्थानका खेलाडीहरुले ८० हजार, ४० हजार र २० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष तथा महिला युगल र पुरुष ३५ बर्ष माथिका शिर्ष तीन विजयी खेलाडीहरुले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।

३५ बर्ष माथिको युगलमा शिर्ष तीन विजेताले २५ हजार, १५ हजार ५ हजार, ४५ बर्ष माथि एकलका शिर्ष तीन विजेताले ३० हजार, १५ हजार र ५ हजार, ४५ बर्ष माथिको युगल र ५५ बर्ष माथिको एकल तर्फ २० हजार, १० हजार र ५ हजार, ५५ बर्ष मथिको युगल तर्फका खेलाडीहरुले १५ हजार, ८ हजार र ६५ बर्ष माथिको एकलका खेलाडीहरुले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने बिज्ञप्तीमा जनाईएको छ । यसका साथै विजयी खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफी समेत प्राप्त गर्ने छन् ।

टेनिस प्रतियोगिताको संयोजकमा गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य भाष्करमान सिंह र प्राविधिक संयोजकमा टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य रहेका छन् ।

पौष २३ गते हुने १० के रोड रेसको अन्य बिस्तृत जानकारी पछि जानकारी गराइने रेसका संयोजक राजन खत्रीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close