‘ओलम्पिक डे’ मा पोखरामा जुनियर गल्फ सम्पन्न

पोखरा स्पोर्टस । ओलम्पिक डे २०२३ को सन्दर्भमा पोखरामा जुनियर गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा यू–१८ तर्फ सन्सार विक विजेता बनेका छन् । स्ट्रोक प्लेको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा संन्सारले १८ होलमा कुल ८३ स्ट्रोक प्रहार गर्दै विजेता बन्दै स्वर्ण पदक हात पारे ।

त्यसै गरी सोही स्पर्धामा सोनाम तामाङ ९० स्ट्रोकको प्रहारमा रजत पदक जित्दा विशु विकले ९२ स्ट्रोकको प्रहारमा काश्य पदक जिते ।

यसै गरी यू–१८ तर्फ नै लगेङ्गेष्ट ड्राइभ (लामो) प्रहार गर्नेमा संन्सार विकले आफ्नो नाम लेखाए भने त्यसै गरी समिर गुरुङ र सन्देश विक दोश्रो र तेश्रो भए ।

यू–१३ भएको ९ होलतर्फ प्रतिस्पर्धामा दिप्सन लामा ४३ स्ट्रोकको प्रहारमा स्वर्ण पदक जिते । त्यसै २ स्ट्रोकले पछि पर्दै ४५ स्ट्रोकका साथ आयुष सुनारले रजत आशिष विक ४९ स्ट्रोकका साथ काश्य पदक जित्न सफल भए ।

त्यसै गरी सोही उमेर समुहमा ‘नियरष्ट टु द होल’ मा दिप्सन लामाले स्वर्ण, डेनियल खड्काले रजत र आशिष विकले काश्य पदक जिते ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । विजेता खेलाडीहरुलाई ओलम्पिक लोगो अंकित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रम नेपाल गल्फ संघका केन्द्रिय सदस्य भुवन गुरुङको अध्यक्षतामा भएको थियो । उनले यूवा खेलाडी उत्पादनका लागि ओलम्पिक डे को अवसर पारेर प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता पोखरा १४ स्थित हिमालयन गल्फ कोर्षमा सम्पन्न भएको थियो । प्रतियोगितामा २४ जुनियर खेलाडीहरुले सहभागिता जनाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close