
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुदको विकासका लागि ७ करोड ५५ लाख छुट्टाएको छ ।
गण्डकी प्रदेश सभामा प्रदेश सरकारका अर्थ मन्त्री जित प्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ का लागि सो रकाम छुट्टाएको बताएका छन् । प्रदेश सभामा वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै मन्त्री आलेले ‘खेल्छ गण्डकी’ कार्यक्रमको निरन्तरता संगै सबै जिल्लामा जिल्लास्तरिय खेल मैदानहरुको निर्माण गरीने बताए ।
आर्थिक वर्ष २०७९/०८० मा १५ करोड छुट्टाएको प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा भने त्यसको ठ्याक्कै आधा घटाएको छ । जसको प्रत्यक्ष असर खेलकुद विकासमा पर्ने निश्चित प्राय छ ।
गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय खेलकुद केन्द्रको रुपमा विकास गर्न अन्तर्राष्टिय स्तरको कभर्डहल निर्माणको सम्भव्यता अध्ययन, क्रिकेट रंगशालाको निर्माण उच्चउचाई खेलकुद तलिम केन्द्रको सम्भव्यता अध्ययन, एक स्थानिय तह एक खेल मैदान, जिल्लातहमा खेल मैदान निर्माणका लागि प्रदेश सरकारले बजेट छुट्टाएको मन्त्री आलेले जनाएका छन् ।
खेलकुद गतिविधिहरु सञ्चालन गरी प्रतिस्पर्धी खेलाडी उत्पादन संगै खेलाडीको पहिचान र आत्म सम्मानका लागि गण्डकी खेलकुद पदकबाट सम्मानित गरिने बताए ।
त्यसै गरी खेलाडी कल्याणकारी कार्यक्रम खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न बजेट छुट्टाएको बताउँदै मन्त्री आलेले गण्डकी प्रदेशबाट ओलम्पिकमा सहभागिता जनाई सकेका ओलम्पियनहरुलाई उच्च सम्मान गर्दै मासिक भत्ता दिने गरी बजेट छुट्टाएको बताए ।
आर्थिक वर्ष २०७९/०८० मा १५ करोड छुट्टाएको प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा भने त्यसको ठ्याक्कै आधा घटाएको छ । जसको प्रत्यक्ष असर खेलकुद विकासमा पर्ने निश्चित प्राय छ ।
