जिल्ला खेलकुद कास्कीको कार्यालय प्रमुखमा लामा

पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रमुखमा सुन बहादुर लामा नियुक्त भएका छन् ।

जिल्ला खेलकुदमा नै प्रशिक्षकको भूमिकामा रहेका लामालाई राष्ट्रिय खेलकुद परिषदले प्रमुखमा नियुक्त गरेको हो । हाल समितिमा कार्यरत डम्वर बहादुर नेपालीलाई क्षेत्रिय खेलकुदमानै काज फिर्ता गरिएको छ ।

२०६२ साल भदौ १ गते बाट स्थायी रुपमा तेक्वान्दोको प्रशिक्षक रहेका लामा खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उत्कृष्ट प्रशिक्षक अवार्डबाट सम्मानित भइ सकेका छन् । उनले असार ३ गतेबाट प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close