पोखरामा प्रदेशस्तरिय टेबुलटेनिस प्रतियोगिता सूरु

पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरिय टेबुलटेनिस प्रतियोगिता सूरु भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा मंगलबारदेखि सुरु भएको हो । प्रतियोगिताको प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोज कुमार गुरुङले उद्घाटन गरेका छन् । उनले सो अवसरमा टेबुलटेनिस लगायतका सबै खेल संघहरुलाई परिषद्ले सहयोग गरेको हुदाँ खेलाडीहरुले धेरैभन्दा धेरै फाइदा लिन सक्नुपर्ने वताए ।

जेठ ३१ गते सम्म संचालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाबाट २६ खेलाडीहरु र ८ व्यवस्थापक एवम् प्रशिक्षकहरुको सहभागिता रहेको छ ।

सो अवसरमा कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशी, सचिव कृष्ण रानाभाट, प्राविधिक संयोजक राजन सुब्बा लगाएतले वोलेका थिए ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन प्रथम चरणका खेलहरु सञ्चालन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close