राइजिङ स्टार टेनिस : पोखराका जिवस र जीवाश्रीले जिते यू–८ सिंगल्समा स्वर्ण

पोखरा स्पोर्टस । पोखराका  जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।  पहिलो पटक सहभागिता जनाएका उनीहरुले स्वर्ण पदक जितेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०–९, १–१० र १०–८ ले पराजित गरेका थिए । गर्ल्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०–८, ८–१० र १०–८ ले हराइन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा मनोज शमशेर जंगबहादुर राणा र विदुर विष्टको जोडीले सहदेव ढुंगाना र ध्रुवबहादुर गुरुङको जोडीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै अशोक र रामबहादुर तामाङको जोडीसंग फाइनल भेट पक्का गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मनोज शमशेर जंगबहादुर राणा, अशोक कुमार र कमल थापा अगाडि बढे । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा निरेशबहादुर श्रेष्ठ र गोपालदास मानन्धर, विकास गुरुङ र शरण गुरुङ तथा मोहम्मद युनुस र अन्वर अलीले जित हात पारे । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वर, कमल थापा, उत्तमकुमार लामा, सुनिल गुरुङ र राजु श्रेष्ठ अघिल्लो चरणमा प्रवेश गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, नवीन श्रेष्ठ, प्रवेश पन्त, साम्दुप लामा, भीष्मजंग गुरुङ, अनिल साइ, कृष्ण उप्रेती, सन्तोष खत्री, सिमान्त गुरुङ, प्रणव मल्ल, सञ्जय श्रेष्ठ, दावा सोनाम शेर्पा, छेवाङ लामा, सोम राना मगर, सुब्रत बस्नेत र पूर्व च्याम्पियन जितेन्द्र परियारले सफलता पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, उत्तमकुमार लामा, सुकमान तामाङ, महेश श्रेष्ठ, विकास गुरुङ, मानबहादुर कट्वाल, मोहम्मद युनुस र थोङवान तुलेश्वरले आ–आफ्नो खेल जिते ।

यु–९ ब्वाइज सिंगल्समा अर्याशराज पौडेल, बेदान्त चालिसे, संघर्ष फौजदार, आरित मल्ल, भिराल अग्रवाल, निश्चल ज्ञवाली, इभान भट्टराई र सभ्यजंग कार्कीले जित हात पारे । यु–१० गल्र्स सिंगल्समा थिअ श्रेष्ठ, आयाना भद्र र आयुश्री हजुर घले विजयी भए । यु–१० ब्वाइज सिंगल्समा बोश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल, निश्चल ज्ञवाली र सुजन कुइकेल विजयी भए ।

यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्यालले देवाशिश रेउलेलई ६–४ र ६–३ ले पराजित गरे । प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close