फेन्सिङका ओमकर स्नाकोत्तर अध्ययनका लागि सियोल जाँदै

पोखरा स्पोर्टस । फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंह अध्ययनका लागि दक्षिण कोरियाको राजधानी सियोल जाने भएका छन् ।

‘ड्रिम टुगेदर मास्टर्स प्रोग्राम’ अन्तर्गत सियोल नेसनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नाकोत्तर अध्ययनका लागि जाने भएका हुन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक समारोहबीच उनलाई बिदाई गरे । सो अवसरमा अध्यक्ष श्रेष्ठले एनओसीको उद्देश्य खेल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन रहेको बताउँदै उज्जवल भविष्यको कामनासहित बिदाई गरेका थिए ।

राष्ट्रिय खेलाडी ओमकर एनओसीको सिफारिसमा अध्ययनका लागि एसोसियसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी)ले छनोट गरेको हो । स्नाकोत्तर अध्ययन दुई वर्षका लागि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close