गण्डकीका मुख्यमन्त्रीलाई क्रिकेट खेलको विकास गर्न ज्ञापनपत्र

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई क्रिकेट खेलको बिकास गर्न एक ज्ञापनपत्र बुझाइएको छ । क्रिकेट बिकासका नाममा पटक–पटक धोका पाएको गण्डकीलाई अन्तर्राष्ट्रियस्तरको रंगशालासहित कम्तिमा तिन वटा रंगशाला निर्माण  गर्न माग गर्दै प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल सहितको टोलीले मुख्यमन्त्री पाण्डेलाई भेट गरी ज्ञापनपत्र बुझाउँदै गण्डकीले क्रिकेट मार्फत अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको योगदानको समेत कदर गर्दै पूर्वाद्धार बिकासमा ध्यान दिन आग्रह गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भने पोखरा रंगशाला क्रिकेट खेल मैदान भित्र प्रदेश सरकारलाई मैदान निर्माण गर्न नदिने भएको श्रोतले बताएको छ । राखेपले तिन वर्ष लगातार बजेट विनियोजन गरे पनि निर्माणकार्य भने अघि बढाउन सकेको छैन । जसका कारण पोखरेली क्रिकेट राखेपबाट पटक–पटक ठगिदै आएको छ । राखेपको हेपाहा प्रवितीका कारण गण्डकीको क्रिकेट भने जस्तो गरी छलाङ मार्न सकेको छैन भने अर्कोतर्फ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने विषयहरुमा समेत धक्का पर्दै आएको छ ।

मुख्यमन्त्री पाण्डेलाई बुझाएको ज्ञापन पत्रमा आ.व २०८०/२०८१ मा क्रिकेट खेलको विकासका लागि बजेट विनियोजित गरी अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न आग्रह गरिएको छ ।

माग गरिएको मुख्य विषयहरु
-पोखरा क्रिकेट मैदानको स्तरोन्नति र कर्मचारीको ब्यबस्थापन ।
-पोखरामा अन्तरास्ट्रिय क्रिकेट रंगशाला र बैकल्पिक मैदान सहित गण्डकी प्रदेशमा कम्तीमा ३ खेलमैदानको ब्यबस्था ।
-राष्ट्रिय प्रतियोगिताको आयोजना । गत बर्ष गण्डकी प्रदेश सरकारको मधेश प्रदेशमा भएको सद्भावना भ्रमणको क्रममा दुइ प्रदेश बीच  महिला क्रिकेटको मैत्रीपुर्ण खेलको आयोजना गर्ने तत्कालीन मुख्यमन्त्री ज्युहरुको घोषणा अनुरुप बजेटको सुनिश्चितता ।
-जिल्ला तहमा एकेडेमीहरु स्थापना गरी प्रशिक्षकको ब्यबस्थापन ।

मुख्यमन्त्री पाण्डेलाई बुझाएको ज्ञापनपत्रको पूर्णपाठ

माननीय मुख्यमन्त्री ज्यू,
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय,
गण्डकी प्रदेश सरकार
पोखरा, कास्की, नेपाल

विषय : आवश्यक बजेट विनियोजन गरिदिने सम्बन्धमा ।

माननीय मुख्यमन्त्री ज्यू, पर्यटन र खेलकुदको राजधानी गण्डकी प्रदेशको सरकार प्रमुखको रुपमा नेतृत्व समाल्नु भएकोमा हार्दिक बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

नेपाल एक दिवसीय मान्यता प्राप्त Asian Cricket Council (ACC) को पुर्ण सदस्य राष्ट्र तथा International Cricket Council (ICC) को एसोसियट सदस्य राष्ट्र रहेको र नेपाली क्रिकेट टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विजयी भई राष्ट्रको गौरव बढाउनुका साथै क्रिकेट खेलको माध्यमबाट नेपालीहरुको मुहारमा खुशीका साथै रास्ट्रिय एकतामा बाँधी नयाँ पहिचान बनाउन सफल भएको छ।

पछिल्लो दसक राष्ट्रिय क्रिकेट टोलीले बङगलादेशमा आयोजना भएको २०/२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागीभै बिश्व क्रिकेटमा नया शक्ति उदयको संकेत गरेको थियो । International Cricket Council (ICC)  को कार्यक्रम अनुसारको अवधारणामा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता २०२३ को छनौट प्रतियोगिताको रुपमा संचालन भएको I CC CWC League II  क्रिकेट प्रतियोगितामा ४० अंकका साथ तेस्रो स्थान हासिल गरि यही महिना जिम्बाबेमा संचालन हुने ICC Cricket World Cup Qualifierमा सहभागिताका लागि छनौट हुन सफल भएको र Asian Cricket Council (ACC) को कार्यक्रम अनुसार नेपाल लगायत एशियाका १० राष्ट्रहरुविच यहि अप्रिल १८ देखी मे १ २०२३ सम्म काठमाण्डौमा संचालन भएको ACC Men’s Premier Cup  क्रिकेट प्रतियोगितामा विजयी भई टेष्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायतको सहभागिता रहने बकष्ब अगउ क्रिकेट प्रतियोगितामा सहभागिताका लागी छनौट हुन सफल भइ पायको उपलब्धि खुशी साथ जानकारी गराउन चाहन्छु ।

एकातर्फ नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाई राख्दा हामी अन्तरास्ट्रिय प्रतियोगिताका लागि आवस्यक संरचनाहरु बनाउन चुकिरहेका छौ। तेहि अनुसारका राष्ट्रिय स्तरका प्रतियोगिताहरु र बिद्यालय देखिका खेल संरचनाहरु निर्माण गरि बलियो जग निर्माण गर्न जरुरी छ । आगामी लक्ष्य नेपाललाई टेस्ट मान्यता प्राप्त राष्ट्र बनाउन सबै सरोकारवालाहरुको सहकार्य अपरिहार्य छ ।

नेपालले आगामी सन २०२७ मा १९ बर्ष मुनीका महिला क्रिकेटको वर्डकप बंगलादेश संग संयुक्तरुपमा आयोजना गर्दै छ । यसका लागि अवस्यक न्युनतम ३ मैदानमा पोखराले पनि दाबी गरेको यहाँ समक्ष जानकारी गराउदै केन्द्रिय बजेट विनियोजनमा पोखराले बजेट नपाउदा उक्त दाबी क्षीण बन्दै गयकोमा चिन्ता लागेको छ ।

हरेक बर्ष बजेटमा राखिने तर कार्यान्वयन नहुनु,  प्रदेश सरकारले गौरवको आयोजनामा क्रिकेट राखेर छुट्टियको बजेट पनि खर्च नहुनुले हाम्रो कार्यदक्षता चित्रण गरिरहेको छ।

पोखरामा विश्वकप क्रिकेट प्रतियोगिताको बन्द प्रशिक्षण, गत महिना बिश्वकप छनौट एसिया रिजनमा बिजयी अण्डर १९ टोलिको बन्द प्रशिक्षण, साग महिला क्रिकेट प्रतियोगिता, नेपाल र मलेसियाको रास्ट्रिय टोलिको मैत्रीपुर्ण खेल, क्रिकेटको जननी बेलायतको मेरिलिबोन क्रिकेट  संग २०१५, २०१९ र २०२३ मा भएको मैत्रीपुर्ण खेलहरु जस्ता अन्तर्राष्ट्रिय  खेलहरु आयोजना गरिसकेको छ । पोखरा प्रीमियर लिग एएी जस्तो प्रतियोगिता र यस्को ब्रोकास्टले पोखराले सरा संसारको ध्यान खिचेको छ। यसै मैदानमा नबौ रास्ट्रिय प्रतियोगिता भएपनि यस मैदानले न्युनतम अवस्यकता पुरा हुने संरचनाबाट बिमुख छ । केहि संरचना बनेपनि प्रयाप्त छैन ।

यसै बिच यहाँको सरकारले ल्याएको निति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलाडीको पुरुस्कार कार्यक्रम लाई सर्हना गर्दै सामाजिक संजाल मार्फत यहाँले क्रिकेटलाई देखाउनु भयको माया, चासो अनि प्रतिबद्धताले निम्न अनुसारको माग राख्ने हिम्मत गरि प्रदेशको आगामी बजेट मार्फत सम्बोधन गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

१। पोखरा क्रिकेट मैदानको स्तरोन्नति र कर्मचारीको ब्यबस्थापन ।
२। पोखरामा अन्तरास्ट्रिय क्रिकेट रंगशाला र बैकल्पिक मैदान सहित गण्डकी प्रदेशमा कम्तीमा ३ खेलमैदानको ब्यबस्था ।
३। राष्ट्रिय प्रतियोगिताको आयोजना ।गत बर्ष गण्डकी प्रदेश सरकारको मदेश प्रदेशमा भएको सद्भावना भ्रमणको क्रममा दुइ प्रदेश बीच महिला क्रिकेटको मैत्रीपुर्ण खेलको आयोजना गर्ने तत्कालीन मुख्यमन्त्री ज्युहरु को घोषणा अनुरुप बजेटको सुनिश्चितता ।
४। जिल्ला तहमा एकेडेमीहरु स्थापना गरि प्रशिक्षकको ब्यबस्थापन ।
५। प्रतियोगितामा भागलिने खेलाडीहरुको भबिस्यलाई सुनिश्चित गर्न र खेललाई जारीराख्न प्रेरित गर्न रोजगारीको ब्यबस्था। हाल सम्म यस जिल्लालाई प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलिमा पर्न सफल खेलाडीहरु दिपेस खत्री, कारण के सि  (पुरुष सिनियर ), मनिषा उपाध्याय  (महिला सिनियर ), समीर सेन, अर्जुन कुमाल, सुभाष भण्डारी, हरि चौहान ( पुरुष उमेर समूह), श्रेष्ठि जैशी, शिला रेग्मी छेत्री  (महिला उमेर समुह, एसियाड चाइना), सिबृन श्रेष्ठ र सोहेल कुँवर हाल (बन्द प्रशिक्षण अण्डर १६ ) र प्रदेशबाट किसोर महतो, दिपक डुम्रे, बिज्ञान पाण्डे (बन्द प्रशिक्षण अण्डर १६ ) ( नबलपुर), अञ्जली बि क (स्याङ्जा ) रहेका छन् ।
६। प्रदेशलाई प्रतिनिधित्व गरि पाउने सफलतामा उचित पुरुस्कारको ब्यबस्था सहित निशुल्क उच्च शिक्षाको सुनिश्चितता । गत बर्ष महिला उमेर समुह धनगढीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा बिजेता बन्दा घोषणा गरिएको पुरुस्कार पनि पाउन नसकिरहेको अवस्थामा पुनः यस्लाइ अगाडि बढाई दिन अनुरोध छ ।
७। बिधालय स्तरीय छात्र छात्राहरुका जिल्ला तह देखि प्रदेश स्तरमा प्रतियोगिता ।
८ अन्तरास्ट्रिय टोलिहरु संग मैत्रीपुर्ण खेल आयोजना गरि खेल पर्यटनको प्रबर्द्धन ।
९।। खेल कुटनैतिकबाट सम्बन्ध बिस्तारका लागि नेपाल स्थित कुटनैतिक नियोगका प्रमुखहरु र यहाँका सरकार प्रमुखहरु बीच मैत्रीपुर्ण खेल आयोजना ।
१०। कर्पोरेट हाउसहरुलाई खेलमा सहभागी गराइ लगानीमा प्रेरित गर्न साथै अन्तरास्ट्रिय उडान भर्ने जहाज कम्पनीहरुलाइ पोखराबाट उडान भर्न अनुरोध गर्दै उनिहरुकै सहभागीतामा कर्पोरेट क्रिकेटको आयोजना ।
११। प्राबिधिक, दक्ष मानव सन्साधनका लागि तालीम र उच्च श्रेणीका लागि बिदेशमा छात्रविृति ।

भवदीय,
संजय कान्त सिग्देल
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close